खोज–अनुसन्धान

मणिग्राम-मोतिपुर खण्डमा ११ बर्षपछि काम शुरु




बुटवल १८ माघ । पुल बिभाग कै चासो र सक्रियताले रुपन्देहीको मणिग्राम र मोतिपुर जोड्न तिनाउ नदिमाथी बनाउन लागिएको पक्की पुल ११ वर्षपछि निर्माण पुरा हुने आशा पलाएको छ।दुई वर्षमा निर्माण पुरा गर्ने गरि २०६७ साल असार २५ गते एलिट कन्स्ट्रक्सन प्रालिसँग पुल निर्माणको लागि ठेक्का सम्झौता गरिएको थियो।तिनाउ नदीले विभाजन गरेको मणिग्राम र मोतिपुरलाई जोड्न र तिनाउ वारिपारिको आवतजावतलाई सहज बनाउन उक्त पुल निर्माण थालिएको थियो।सडक विभाग पुल महाशाखाका अनुसार १० करोड ३८ लाख ९७ हजार रुपैयाँमा निर्माणको ठेक्का सम्झौता गरि काम थालेको निर्माण कम्पनीले दुईवटा पिलर उठाएर तेस्रोको लागि जग खन्दा जमिनमुनि चट्टान भेटिएपछि निर्माण कार्य रोकिएको थियो ।
सडक विभाग पुल महाशाखाले वर्षौसम्म अलपत्र रहेको पुलको प्राविधिक अध्ययन गरि पुलको वैकल्पिक डिजाईन स्वीकृत गरेपछि २०७७ भदौदेखि पुनःनिर्माणको काम थालिएको थियो ।पुल विभागका सिनियर डिभिजनल ईञ्जिनियर जीवेन्द्र मिश्रले वैकल्पिक डिजाइन पछि सुरु गरिएको पुल निर्माणको कामले गति लिएको जानकारी दिए।मिश्रले यसअघिको वेल फाउण्डेसनकै सपोर्टमा किला गाडेर फाउण्डेसन तयार गरि काम भईरहेको र अब पुलमा कुनै समस्या नभएकोले आगामी असारसम्म निर्माणको काम सम्पन्न हुने जानकारी दिए।
डिभिजन सडक कार्यालय बुटवल मातहत निर्माण भईरहेको पुलका साईट ईञ्जिनियर मुम पल्लीका अनुसार वेल फाउण्डेसनको डिजाईनमा ठेक्का सम्झौता गरिएपनि फाउण्डेसनको डिजाईन परिवर्तन गरिएकोले ठेक्का रकममा ७ प्रतिशत लागत रकम थप भएको छ। लुम्बिनी परिक्रमा सडकको देवदहदेखि लुम्बिनीसम्मको ४२ किलोमिटर सडकको निर्माण कार्य पुरा भईसकेकोले यो पुल निर्माण भएपछि लुम्बिनी जाने मात्र नभई मोतिपुर, शुद्धोधनबाट तिलोत्तमा आउने सडकको दूरी पनि घट्ने छ।

प्रकाशित : १८ माघ २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६