जीवनशैली

काठ बोक्दै गरेको ६ वटा मोटरसाईकल पक्राऊ: २ राउण्ड हवाई फायर



कपिलवस्तु १८ माघ -कपिलवस्तुको बाणगंगा नगरपालिका क्षेत्रबाट काठ बोक्दै गरेको ६ वटा मोटरसाईकल नियन्त्रणमा लिएको छ । मायादेवी साझेदारी वनको कोठी खोला नजिक ४ थान सालका गोलियासहित ६ वटा मोटरसाईकल नियन्त्रणमा लिएको सव डिभिजन वन कार्यालय पिपराका सहायक वन अधिकृत शिव खत्रीले बताउनु भयो ।रातको २ बजे गस्ती टोलीले काठ लोड गरी लैजान लागेको अवस्थामा फेला पारेको थियो । गस्ती टोलीले पक्राउ गर्न खोज्दा काठ तस्करहरुले गस्ती टोलीमाथि आक्रमण गर्न लागेको बताइएको छ ।

आक्रमणको प्रयास भएपछि सशस्त्र वन रक्षकले २ राउण्ड हवाई फायर गरेका थिए । हवाई फायर भएपछि काठ तस्कर भागेका थिए । वन कार्यालयले घटना स्थलदेखी ४२.०३ घन फिट गोलिया र तस्करीमा प्रयोग भएका लु २१ प ३०९९, लु ३७ प ५६८७, लु २९ प ४३६९, लु ४३ प ४७८५, लु ३६ प ७८७९ र लु ३० प ३६२५ नम्बरको मोटरसाइकल बरामद गरेको छ । पिपरा देखि सालझण्डी बिचको वन क्षेत्रबाट तस्करी गरेको काठ भित्री मार्ग हुँदै रुपन्देहीसम्म पुग्ने गरेका छन् ।

प्रकाशित : १८ माघ २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६