अर्थ-वाणिज्य

कपिलवस्तुमा अपाङ्गता भएका तथा ज्येष्ठ नागरिकलाई न्यानो सिरक वितरण



कपिलवस्तु १८ माघ – कपिलवस्तु १ ले वडाभित्रका अपाङ्गता भएका तथा ज्येष्ठ नागरिकलाई न्यानो सिरक वितरण गरेको छ ।कार्यक्रममा प्रतिनिधिसभा सदस्य बृजेश कुमार गुप्ताले वडाले गरेको कार्यको प्रसंसा गर्दै चिसो मौसममा न्यानो सिरक वितरण गर्दा अपाङ्ग तथा ज्येष्ठ नागरिकको स्वास्थ्य सुरक्षामा सहयोग पु¥याउने बताउनु भयो ।
वडा भित्रका नागरीकहरुको वडाले विशेष ख्याल गर्र्नु पर्ने भन्दै चिसोयाममा सिरक वितरण गरेर वडाका अपाङ्गता तथा ज्येष्ठ नागरिकप्रति दायित्वबोध गरेको लुम्विनी प्रदेश सांसद धर्म बहादुर लाल श्रीवास्तवले बताउनु भयो । वडाले गरेकोे सहयोगप्रति उहाँले दिल खोलेर प्रशंसा गर्नु भयो ।वडाभित्रका अपाङ्गता भएका तथा ज्येष्ठ नागरिक गरी १४० जनालाई न्यानो सिरक वितरण गरेको वडा अध्यक्ष सुदिप पोडेलले बताउनु भयो ।

वडाको योजनाअन्तर्गतको बजेट खर्च गरेर सिरक वितरण गरिएको अध्यक्ष पौडेलले बताउनुभयो । न्यानो सिरक वितरणले अपाङ्गता र उमेरका कारण शारीरिक अवस्था कमजोर बन्दैगएका जेष्ठ नागरिकलाई चिसो मौसममा राहत पुग्ने विश्वास राखिएको अध्यक्ष बताउनुभयो ।

आज (मंगलवार ) वडा स्तरीय जेष्ठ नागरिक सम्मान कार्यक्रम अन्तर्गत सिरक वितरण गरेको हो । कार्यक्रम प्रतिनिधिसभा सदस्य बृजेश कुमार गुप्ताको प्रमुख आतिथ्यता , प्रदेश सांसद धर्म बहादुर लाल श्रीवास्तवको विशिष्ट आतिथ्यता , वडा अध्यक्ष सुदिप पौडेलको अध्यक्षतामा सम्पन्न भएको हो  ।

प्रकाशित : १८ माघ २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६