प्रदेश

कपिलवस्तुमा भव्यताकासाथ २६ औं सीमसार दिवस मनाईयो




डिलाराम भुसाल, १९ माघ
कोभिड संक्रमणको सर्तकता सहित कपिलवस्तुको जगदिशपुर जलाशय क्षेत्रमा २६ औं सिमसार दिवस मनाईएको छ । बिश्व सिमसार क्षेत्रमा सुचिकृत जगदिशपुर जलाशय क्षेत्र परिषरमा २६ औं सिमसार दिवस तथा ९ औं चरा महोत्सवको आयोजना गरिएको हो । “दलदल, पानी, पोखरी र खोला संरक्षण गरे सर्वहित होला” भन्ने नाराका साथ जगदिशपुर जलाशय बहुसरोकार मञ्च कपिलवस्तुको आयोजनामा दिवस मनाईएको छ । कार्यक्रमका प्रमुख अथिति लुम्बिनी प्रदेशका भौतिक पुर्वाधार बिकासमन्त्री सहसराम यादवले सिमसार क्षेत्रको आवश्यकता अनुसार बिकास र प्रचार हुन नसकेका बताए । प्रदेश सरकारले कपिलवस्तु जिल्लालाई साँस्कृतिक राजधानी घोषणा गर्ने निती लिएको मन्त्री यादवले स्पष्ट पारे । बिभिन्न संस्कृती र पहिचान झल्कने गरि संग्रहालय निर्माण गरेर कपिलवस्तुलाई संस्कृतिक राजधानी बनाउने कार्य अगाडी बढाउन थालिएको उनले बताए ।

कार्यक्रमा विष्टि अथिती कपिलबस्तुका प्रमुख जिल््ला अधिकारी चक्रपाणि पाण्डेले जग्दिशपुर तालमा डुंगा चलाएर चरामा कमी आयो भनी तालमा डुंगा नचलाउन सकिने बताए । कपिलवस्तु जिल्लाको कपिलवस्तु नगरपालिका ९ र १० मा पर्ने सिमसार क्षेत्रमा सुचिकृत जग्दिशपुर तालमा विगत चार वर्षको तथ्यांक अनुसार २० देखि २५ हजारको हाराहारीमा यस तालमा चरा देखिने गरे समेत बताए ।
कार्यक्रमा बोल्दै डिभिजन वन अधिकृत बिजयराज सुवेदीले सिमसार संरक्षणका लागी सिमसार क्षेत्रलाई कुनै प्रभाव पार्न नहुने बताएका छन् ।
कार्यक्रममा सहभागीले सिमसार क्षेत्रको बिकासमा स्थानिय सरकारले कुनै पहलकदमी नलिएको गुनासो गरेका थिए । कपिलवस्तुको जगदिशपुर जलासय पछिल्लो समय चरा पर्यटनको थलो समेत बन्दै गएको छ । जगदिशपुर जलाशय नेपालको १० वटा रामसारमा सूचिकृत सिमसारहरु मध्येको एउटा हो । नेपालको २७ वटा महत्वपूर्ण चरा क्षेत्र मध्येको एउटा क्षेत्र जगदीशपुर हो । सन् २००३ मा नेपाल सरकारको पहलमा रामसार सचिबालयले यसलाई अन्तर्राष्ट्रिय महत्वको रामसार क्षेत्रको रुपमा सूचिकृत गरेको थियो ।
उक्त तालमा साइबेरिया, रुस, चीन, मंगोलिया, मध्य एशियाका तुर्केमिनिस्तान र किर्गिस्तानलगायत देशबाट यहाँ चरा आउने गरेको चराविद् बताउछन्। ती देशहरुमा बढी जाडो हुने भएकाले चरा जाडो छल्न आउने गरेका हुन्। जगदिशपुर जलाशय हिउँदे आगन्तुक चराको स्वर्गीय आश्रयस्थल पनि हो ।

१ सय ५७ हेक्टर क्षेत्रफलमा रहेको ताल सन २००३ मा विश्व सिमसार क्षेत्रमा सूचिकृत भएको थियो। सिंचाई प्रयोजनका लागि २०४५ सालतिर बनाइएको हो। यो तालबाट कपिलवस्तुको कुल ६२०० हेक्टर खेतीयोग्य जमिन सिंचित गर्न पानी आपूर्ति हुने गर्दछ ।

कार्यक्रममा तालको प्रचारप्रसार प्रबद्र्धन र संरक्षणमा योगदान दिएको भन्दै २ संचारकर्मी, २ खेलाडी र एक संस्थालाई सम्मासनत गरिएको थियो । संचारकर्मी डिलारमा भुसाल र मनोज कुमार श्रीवास्तव तथा खोलडीहरु तुलसीराम थारु र सुदीप थारु एवं जगदीशपु होमस्टेलाई कदर पत्र र नगदले सम्मानित गरिएको थियो । मंचका अध्यक्ष ललित गूरुङको अध्यक्षता र सचिव सुन्दर पाण्डेयको संचालनमा भएको कार्यक्रममा मंचका उपाध्यक्ष अब्दुल रसिद खाँ लगायतले शुभकामना मन्तब्य दिएका थिए ।

प्रकाशित : १९ माघ २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६