कपिलवस्तु १९ माघ –
कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. ३ मा संकास्द विष्फोटक पदार्थ विस्फोट हुदाँ चर्दै गरेको भैसी घाइते भएको छ । स्थानिय रामनिवास यादवको भैसी वडाको चरन क्षेत्र कपिलवस्तु साझेदारी वन अन्र्तगत रहेको नर्सरी क्षेत्रमा चर्दै गर्दा विस्फोटक पदार्थ विस्फोट भएको हो ।
जंगली जनावरको सिकारका लागि राखिएको विस्फोटक पदार्थ भैसीले चपाउदाँ विस्फोट भएको हुन सक्ने प्रारम्भिक अनुसन्धानमा देखिएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ । घटनाको अनुसन्धान र विस्फोटक पदार्थ राख्ने गिरोहको खोजीकार्य जारी राखेको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक शंकर आचार्यले जानकारी दिनुभयो ।
वन क्षेत्रमा हात हतियार र विस्फोटक पदार्थ लैजना प्रयोग गर्न निषेध गरिएको भए पनि चोरी सिकारीको लागि यस्ता सामाग्रीहरुको प्रयोग बढ्दै गएको छ । खास गरी जंगली जनावरको सिकार गर्ने उद्देश्यले राखिएका विस्फोटक पदार्थबाट घर पालुवा जनावरहरु पर्ने क्रम बढिरहेको र बस्तु चराउन जाने गोठालेहरु पनि दुर्घटनमा पर्न सक्ने जोखिम बढेको स्थानीयहरुले बताएका छन ।
वनमा हुने जंगली जनावरको सिकार तस्करी रोक्न वन कार्यालयले वन रक्षकलाई खटाउनु पर्ने यस्ता अपराधिक क्रियाकलापमा संलग्न हुनेहरुलाई कारर्वाहि गरी निरुत्साहित गर्नु पर्ने स्थानिय राजु खरालले बताउनु भयो । चोरी सिकारीका लागी राखिने यस्ता विष्फोटक पदार्थले मानविय क्षति पनि हुन सक्ने भएकाले बन कार्यलय र प्रहरी प्रशासनले वन क्षेत्रमा निगरानी बढाउनु पर्ने स्थानिय कपिल खनालले बताउनु भयो ।
जंगल क्षेत्रमा विष्फोटक पदार्थ राखिएको विषयमा छानविन गर्न वन रक्षक टोली खटाइएको कपिलवस्तु साझेदारी वनका अध्यक्ष गंगेश तिवारीले बताउनु भयो । वन क्षेत्रमा बढ्दै गएको चोरी निकासीलाई नियन्त्रण गर्न आफुहरु सक्रिय रहेको बताउदै वन्यजन्तुको चोरी सिकारी गर्नलाई वन ऐन अन्र्तगत कारबाहि गरिने समेत उहाँले बताउनु भयो ।
प्रतिक्रिया