काठमाडौं १९ माघ -गत पुस महिनामा रोजगारीका लागि विदेशिने नेपाली श्रमिकको संख्या घटेको छ । वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या गत जेठयता लगातार उकालो लागिरहेको थियो ।
वैदेशिक रोजगार विभागका अनुसार पुस महिनामा ६६ हजार ६२५ जना श्रमिकले वैदेशिक रोजगारमिा जान श्रम स्वीकृति लिएका छन् । पुस महिनामा दनिक ओसत २ हजार २२० जना श्रमिक विदेश गएका छन् ।
गत मंसिर महनिमा दैनिक औसत वैदेशिक रोजगारीमा जानेको संख्या करिब २ हजार ५ सय पुगेको थियो । पुस महिनामा बाहिरिएका साढ ६६ हजारमध्ये ३५ हजार ९९५ जनाले नयाँ श्रम स्वीकति लिएका थिए भने अन्यले पुरानो श्रम स्वीकृति नवकीरण गरेका थिए ।
मंसिर महिनामा ७४ हजार ३५४ जना नेपाली श्रमिक वैदेशिक रोजगारीका लागि विदेश पुगेका थिए । सो संख्या कात्तिक महिनाको भन्दा करिब साढे १९ हजारले बढी थियो । तर, पुस महिनामा ७ हजार ७ सय २९ले घटेको देखिएको छ । नेपालमा महामारीको दोस्रो लहरले माघ महिनामा यसरी विदेशिने श्रमिकको संख्या थप घट्ने अनुमान छ ।
प्रतिक्रिया