कपिलवस्तु २० माघ।जिल्ला बिपद ब्यवस्थापन समितिले कपिलवस्तुका १ सय ५ अति बिपन्न परिवारलाई न्यानोकपडा बाडेकोछ छ । समितिले नेटुवा, पत्थरकट्टा,कुमाल, बादी लगायतका बिपन्न परिवारलाई बिभिन्न नौ सेट सहीतको न्यानो कपडा बाडेको हो ।
सोहीक्रममा प्रजिअ चक्रपाणी पाण्डेयले कपिलवस्तु नगरपालिका वडा नम्बर ३ स्थित ४ पत्थरकट्टा परिवार र एक लोहार परिवारलाई गरी ५ बिपन्न परिवारलाई राधा कृष्णन मन्दिर परिसरमा न्यानो कपडा बाडेको हो । बिपन्न परिवारलाई न्यानो कपडा बितरण गर्न गुह मन्त्रालयले पठाएको हो । गुह मन्त्रालयको आदेश अनुसार आफुहरुले बिपन्न परिवारलाई न्यानो कपडा बाडेको प्रजिअ पाण्डेले बताउनु भयो ।
५ परिवारका २५ जना बढीलाई बुधवार कपडा सेट बाडिएको थियो । प्रति परिवार ज्याकेट २ सेट जुत्ता २ सेट भेस्ट, ट्राउजर महिलाहरुको भित्री बस्त सहीत नौ सेटको सामाग्री उपलब्ध गराइएको थियो । उता सुद्धोदन र मायादेबी गाउपालिकामा रहेको ५१ बिपन्न नेटुवा परिवारलाई समेत न्यानो कपडा बितरण गरिने प्रजिअ पाण्डेले बताउनु भयो । ती बस्तीमा न्यानो कपडा लिएर पुग्ने उहाले स्पष्ट पार्नु भयो ।यस्तै बादी, कुमाल लगायतका बिपन्न परिवारलाई समेत कपडा बितरण गरिनेछ । गुह मन्त्रालयबाट आएको कपडा सेट एका साता भित्र बाडने योजना छ । बचेका कपडा पछि फेरी बाडिने छ । उता एक साता अघि जिल्ला बिपद ब्यवस्थापन समितिले २ सय ४८ परिवारलाई ४ सय कम्मल बितरण गरी सकेको छ ।
२० माघ २०७८, बिहिबार
प्रतिक्रिया