प्रदेश

विजयनगरमा कागज उद्योग र मल कारखाना खोल्ने तयारी



कपिलवस्तु, २० माघ ।

लुम्बिनी प्रदेश योजना आयोगको एक टोलीले कपिलवस्तुको विजयनगर गाउँपालिकामा कागज उद्योग र प्राङ्गारिक मल कारखाना खोल्ने तयारीको लागि अनुगमन गरेको छ ।

बुधबार आयोगको टोलीले कागज उद्योग र मल कारखाना सञ्चालन गरिने क्षेत्रलाई अनुगमन गरिएको आयोगले जनाएको छ । विजयनगर गाउँपालिका–४ स्थित देउपुराको पुर्व सुरई नदीको छेउमा कागज उद्योग र प्राङ्गारिक मल कारखाना खोल्ने तयारी गरिएको योजना आयोगका सदस्य शिवपुजन यादवले जनाए ।
प्रदेश योजना आयोगका उपाध्यक्ष बामदेव क्षेत्री, आयोगका सदस्य शिव पुजन यादव लगायतको टोलीले क्षेत्रको अनुगमन तथा अवलोकन गरिएको जनाइएको छ । अनुगमनका क्रममा विजयनगर गाउँपालिका औद्योगिक विकासका लागि उपयुक्त क्षेत्र रहेको आयोगका उपाध्यक्ष बामदेव क्षेत्रीले बताए ।

कागज उद्योगका लागि रू १ करोड रूपैयाँ र मल कारखानाका लागि ५० करोड रूपैयाँ बजेट विनियोजन गरिएको उनले जनाए । कागज उद्योग र मल कारखाना सञ्चालनको सम्पूर्ण प्रक्रियाको साथ तयारी तीव्र रूपामा अगाडी बढाइएको उपाध्यक्ष क्षेत्रीले जिकिर गरे । उनले भनेः ञलुम्बिनी प्रदेशलाई नै पर्यटन हबको रूपमा विकास गरिने प्रदेशको योजना छ” । यस्तै योजना आयोगका सदस्य शिव पुजन यादवले कपिलवस्तु जिल्लाको विकासका लागि प्रदेश सरकार सकारात्मक रहेको बताए ।

विजयनगर गाउँपालिका सम्भावित औद्योगिक क्षेत्र भएकोले उद्योग र कारखाना स्थापनाका लागि प्राथमिकतामा राखेको जनाए । अहिलेको सरकार समृद्ध योजनाका साथ अगाडि बढेको सदस्य यादवले जिकिर गरे । त्यसैगरी विजयनगर गाउँपालिकाका अध्यक्ष गोपाल बहादुर थापाले आर्थिक क्रान्ति गर्न औद्योगीकरण हुन आवश्यक रहेको बताए ।

कागज उद्योग र मल कारखाना स्थापनाका लागि स्थानीय तहबाट हुने आवश्यक सम्पूर्ण प्रक्रिया छिटै पु¥याउने उनले जनाए । उद्योग सञ्चालन पश्चात् सयौँ स्थानीय नागरिकहरूलाई रोजगारीको अवसर सिर्जना हुने बताउँदै औद्योगीकरण र आधुनिकीकरण बिना जनता समृद्ध नहुने जिकिर गरे ।

विजयनगरमा औद्योगिक क्षेत्रको रूपमा विकास गर्नका लागि पटक–पटक प्रदेश र केन्द्रीय सरकारको आयोगमा पहल गर्दै आएको समेत अध्यक्ष थापाले बताए । कपिलवस्तुका आम नागरिक कृषि पेशामा निर्भर भएकोले विशेषगरी कृषिलाई प्राथमिकतामा राखी विकास गर्ने जनता समाजवादी पार्टीका युवा नेता रहिश शाहले बताए । यस क्षेत्रका विकास गर्न सबैको सहयोग अपरिहार्य रहेको जनाउँदै मधेशमा समान्तीवादी सोंचका कारण विकास हुन नसकेको समेत उनले बताए ।

प्रकाशित : २० माघ २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६