प्रदेश

अनुगमनमा खड्कीएका समस्या तत्काल संबोधन गर्ने प्रयासमा पन्थी




हरि घिमिरे,

कपिलवस्तु२० माघ ।कपिलवस्तुको बाणगंगा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत टेकराज पन्थी लगाएतको टोलिले स्वास्थ्यचौकी अनुगमन गरेको छ । बाणगंगा नगरपालिका वडा न.१ उत्तम नगरमा रहेको आधारभुत स्वास्थ्यचौकिको अनुगमन गरिएको बाणगंगा स्वास्थ्य शाखाले जनाएको छ । अनुगमनका क्रममा अधिकृत पन्थीले वडा न.१ को स्वास्थ्यचौकीले नागरकिका विभिन्न ४४ वटा स्वास्थ्यका क्षेत्रमा काम भएको बताए । उनले स्वास्थ्यचौकीमा कर्मचारी अभाव देखिएकाले तत्काल एक जना स्वस्थ्यकर्मी थप गर्न शाखालाई निर्देशन दिएका छन् ।

अनुगमनकै क्रममा पन्थीले स्वास्थ्य कार्यलयलाई आवश्यक फ्रिज तत्कालै उपलब्ध गराएका थिए । उनले स्वास्थ्य क्षेत्रमा अत्यावसेक हुने डस्वीन, पर्दा लगाएतका समग्रि कुनै पनि स्वास्थ्य कार्यलयमा कमि हुन नदिन स्वास्थ्य शाखालाई थप जिम्मा दिएका छन् । गत १८ गते राति वडा न. १ को स्वस्थ्यचौकी ताडफोड पछि भएको क्षतिको विश्लेषण गर्दै नगरमा भएका संरचना शुरक्षित राख्नु नगरपालिकाको दाईत्व हुने उनको भनाई छ । तोडफोड भएको स्वास्थ्यचौकी छिटौ मर्मत गर्न भनिएको छ । अनुगमनमा पुगेका अधिकृत पन्थीले देखाएको कामले वडावासीमा आशा पलाएको स्थानिय बुद्धिसागर बेल्वासेले बताए । अनुगमनमा अधिकृत पन्थी, स्वास्थ्य खाशाका कर्मचारी, जनप्रतिनीधि लगाएतको उपस्थिती रहेको थियो ।

प्रकाशित : २१ माघ २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६