प्रदेश

जुम्लामा भेडा पाल्ने कृषकलाई अब गोठालो भत्ता



काठमाडौं, २१ माघ । कर्णाली प्रदेश सरकारले भेडापालक कृषकहरूलाई ’गोठालो भत्ता’ वितरण गर्ने भएको छ। उनीहरुलाई प्रोत्साहित गर्न प्रत्येक महिना १५०० रुपैयाँ अर्थात् १८ हजार वार्षिक भत्ता वितरण गर्न लागिएको बताईएको छ।

भत्ता प्राप्त गर्न जुम्लाका २६५ कृषकले निवेदन दिएको र तीमध्ये झन्डै १५० जनालाई अध्ययनपछि ’गोठालो भत्ता’ वितरण गरिने पशु अस्पताल तथा पशुसेवा कार्यालयका प्रमुख गोविन्दबहादुर महतले जानकारि दिए।

भेडाको औषधोपचार तथा गोठालालाई बन्दोबस्तीका सामग्री खरिद गर्न भत्ता लाभदायी हुने र भत्ता कार्यक्रमले निरन्तरता पाउनेमा कृषकहरू आशावादी छन् ।

प्रकाशित : २१ माघ २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६