तुलसीपुर,
२१-माघ/ हिउँदे वर्षातका कारण दाङमा झन्डै तिन करोड इट्टमा क्षति भएको छ । विहीवार देखिको बर्षातका कारण तयारी अवस्थामा राखीएका काँचा ईट्टामा क्षति पुगेको दाङ देउखुरी ईट्टा व्यवसायी संघका अध्यक्ष प्रेमनाथ योगीले जानकारी दिए । जिल्लाका विभिन्न स्थानका ईट्टा उद्योगमा तयारी अवस्थामा राखीएका झन्डै तिन करोड ईट्टा पुर्ण रुपमा नष्ट हुदा ३० करोड मुल्य बराबरको क्षति भएको उनले जानकारी दिए ।
पकाउनका लागि तयारी अवस्थामा राखीएका काँचो ईट्टा हिउँदे बर्षाले गर्दा सबै कामै नलाग्ने गरी क्षति पुगेको उनले जानकारी दिए । उनका अनुसार एउटा उद्योगमा तयारी अवस्थामा राखिएका काँचो ईट्टा झन्डै ९ देखि १५ लाख सम्मको क्षति भएको छ । हिउदे वर्षातले सबैभन्दा धेरै तुलसीपुर क्षेत्रका ईट्टा उद्योगमा क्षति पुगेको छ । विगतमा जस्तै यो वर्ष पनि हिउदे बर्षातले ईट्टामा ठुलो क्षति पुगेको उनले बताए । ईट्टा ठुलो मात्रामा क्षति पुगेकाले अबको केहि दिनमा ईट्टाको अभाव हुन सक्ने उहाको भनाई छ ।
हाल जिल्लामा ३५ वटा ईट्टा उद्योग रहेका छन् । ती मध्ये केहि ईट्टा उद्योग बन्द हुने अवस्थामा पुगेका छन् । कच्चा पदार्थको अभाव तथा पटकपटक हिउदे बर्षातका कारण नोक्सान, कोरोना माहामारी लगाएतका कारणले बन्द हुने अवस्थामा पुगेको संघका अध्यक्ष योगीले बताए । यस अघि संघले ईट्टाको कच्चा पदार्थको मुल्य बढेको भन्दै ईट्टाको मुल्य बढाएको थियो । जसमा १ नम्बर इट्टाको प्रति मूल्य १६, २ नम्बर इट्टाको प्रति १२ र ३ नम्बर इट्टाको प्रति १० रुपैया निर्धारण गरिएको थियो ।
प्रतिक्रिया