अर्थ-वाणिज्य

धनुषा स्टेशनमा राखिएको रेल फागुन १ गतेदेखि गुडाइने



जनकपुरधाम २३ माघ -धनुषाको इनर्वा स्टेशनमा राखिएको नेपाली रेल आगामी फागुन १ गतेदेखि गुडाइने भएको छ । तर तत्काल यात्रा गर्न भने पाइने छैन ।नेपाल रेल्वे कम्पनीका अनुसार फागुन १ गतेदेखि दैनिक एक पटक रेल गुडाइने छ । जयनगरबाट कुर्था र कुर्थाबाट जयनगरसम्म दैनिक रेल गुडाइने कम्पनीका महाप्रबन्धक निरन्जन झाले बताउनु भयो । ‘हामी १ गतेदेखि नियमित दैनिक एक पटक रेल गुडाउन लागेका छौं,’ महाप्रबन्धक झाले भन्नु भयो , ‘रेलको कन्डिसन बुझ्न र बाटो क्लियर गराउनका लागि दिनमा एक पटक गुडाउन लागिएको हो ।’

रेल सञ्चालनमा आएपनि यात्रुलाई चढाउने योजना भने छैन । ‘रेलको अवस्था बुझ्न र रेलको ट्रयक क्लियर गराउनका लागि चलाउन लागेका हौं’ उहाँले भन्नु भयो ।झाका अनुसार रेल्वे ट्रयाक धेरै ठाउँमा अतिक्रमणमा परेको छ, जसलाई हटाउन प्रशासनसँग समन्वय गरिने छ । २ असोज, २०७७ मा नेपाल ल्याइएको रेल इनर्वा स्टेशनमा राखिएको छ । यो रेललाई यसअघि २४ पुसमा पनि गुडाइएको थियो ।

प्रकाशित : २२ माघ २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६