जीवनशैली

एकै घरका सबै सदस्यलाई बेहोस बनाएर भारतीय नागरिकले गरे लुटपाट



धनगढी २२ माघ – दुई भारतीय नागरिकले कञ्चनपुरमा एक घरका सबै सदस्यहरुलाई बेहोस बनाएर लुटपाट गरेका छन् ।जिल्लाको भीमदत्त नगरपालिका–३ को शुभप्रभात टोलका स्थानीय सन्तोश पाण्डेका परिवारका सबै सदस्यलाई बेहोस बनाएर शुक्रबार राति घरमा लुटपाट भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ताप्रहरी नायब उपरीक्षक(डीएसपी) चक्रबहादुर शाहले पाण्डेका अनुसार घरमा दुई दिन अगाडि मात्र कोठा भाडा लिएर बस्दै आएका दुई जना भारतिय नागरिकले सबैलाई बेहोस बनाएर लुटपाट गरिएको जानकारी दिनु भयो ।

‘दुई दिनअघि मात्र उहाँको घरमा कोठा भाडा लिएर बस्ने गरेका दुई जना भारतीय नागकिरले शुक्रबार राति श्रीमतीको जन्मदिन परेको भन्दै मिठाइ र केक खुवाउनुभएको रहेछ,’ डीएसपी शाहले भन्नु भयो , ‘तर पिठाइ र केकमा नसालु पदार्थ खुवाएर घरका सबै सदस्यलाई बेहोस बनाएर लुटपाट भएको देखिन्छ ।’

प्रकाशित : २२ माघ २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६