कपिलवस्तु २३ माघ ।हिउदे वर्षाले पानी परेको बेला छाता ओढेरै न्यायो कपडा सहित कपिलवस्तुका प्रजिअ चक्रपाणी पाण्डे बुद्ध भूमीके विपन्न बस्तीमा पुग्नु भएको छ ।जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले बुद्धभुमिका विपन्न समुदायको वस्तिमा पुगेर न्यानो कपडा वितरण गर्न शुरु गरेको हो छ । बुद्धभूमि नगरपालिकाका विभिन्न विपन्न वस्तिमा पुगेर प्रशासनले हिजो न्यानो कपडा वितरण गरेको हो । नगरको वडा नं. ९ मा रहेका वादी समुदायका १५ परिवार, वडा नं. ४ मा रहेका कुमाल समुदायका ३३ परिवारलाई जुत्ता ३ सेट, ज्याकेट, ट्राउजर, महिलाको भित्रि कपडा १ गरि परिवारलाई ९ वटा सामग्रीको सेट बाडिएको प्रमुख जिल्ला अधिकारी चक्र पाणी पाण्डेले जानकारी दिनुभयो ।
उक्त कपडा वितरणमा प्रजिअ पाण्डे , नगर प्रमुख केशव कुमार श्रेष्ठ, सहायक प्रमुख जिल्ला अधिकारी अनिल पौडेल, वडा नं. ९ का वडाध्यक्ष चुरामणी न्यौपाने लगायतको सहभागीता रहेको थियो । तराईमा बढ्दो जाडोका कारण आर्थिक रुपमा विपन्न भएका समुदायलाई ज्यानको सुरक्षा स्वरुप न्यानो कपडा वितरण गरेको प्रमुख जिल्ला अधिकारी पाण्डेले बताउनुभयो । साथै आज जिल्लाको शुद्धोधन र मायादेवी गाउँपालिका ५१ परिवारलाई कपडा वितरणको गरिएको छ ।
२३ माघ २०७८, आइतबार








प्रतिक्रिया