कपिलवस्तु २३ माघ -कपिलवस्तुको तौलिहवामा मानव बेखबिखनबाट पीडीत तथा प्रभावितहरुको सहयोगकालागि बार्षिक सार्वजनिक छलफल कार्यक्रम संपन्न गरिएको छ । माईती नेपाल लगायतका संस्थाको सहयोगमा कपिलवस्तु नगरपालिकाद्धारा आयेजित कार्यक्रमम उप मेयर लक्ष्मी गुप्ताले चेलीबेटी न्युनीकरण तथा महिला हिंसा न्युनीकरणकालागि गाउ गाउमा जन चेतना कार्यक्रम संचालन गर्नु पर्ने बताईन । उनले नगरपालिकाको न्यायिक समितिमा महिला हिंसा सम्बन्धी उजुरी नपरेको भन्दै हिंसा पीडीत महिलाकालागि नगरपालिकामा २ लाखको कोष खडा भएको बताईन ।
प्रहरीको महिला सेलको सिफारिसमा कोषबाट पीडीतलाई रकम प्रदान गरिने उनले बताईन । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेलले नगरपालिकामा महिला हिसा सम्बन्धी निबेदन र तथ्याक नहुदा समस्या पर्ने गरेको बताए । उनले महिला हिंसा घरमा लु्काउने चलन रहेको र न्यायिक समिति प्रति बिश्वास नभएकाले नगरपालिकामा हिंसा सम्बन्धी अझै सम्म एउटा पनिउजुरी नपरेको उनले बताए । उनले महिला हिंसा न्युनीकरणकालागि ब्यापकरुपमा जन चेतना कार्यक्रम संचालन गर्नु पर्ने बताए ।
कानुन ब्यवसायी भोला बिश्वकर्माले चेलीबेटी बेचखिबनको समस्या अझै सम्म न्युनीकरण नभएको भन्दै पीडकलाई कडा कानुको ब्यवस्था भए पनि प्रहरीले बेचबिखनलाई शरीर बन्धक भन्दै मुद्दा चलाउदा समस्या परेको बताए । उनले अदालतमा बाह्र तेह्र बटा मात्र बेचबिखनको मुद्दा चलेको भन्दै महिला हिंसा न्युनीकरण र चेखीबेटी बेचबिखान बिरुद्ध सशक्तरुपमा अघि बढनु पर्ने बताए ।
कार्यक्रममा पत्रकार महासंघका जिल्ला अध्यक्ष किरणमान बज्राचार्य, महिला सेलकी पार्वत गुप्ता , कनिज फातिमा, कमला बेल्बासे, गोमा परियार, परियोजन संयोजक माया क्षेत्री लगातयले महिला हिंसा न्युनीकरणकालागि सबैले हातेमालो गर्नु पर्ने बताए ।
प्रतिक्रिया