अर्थ-वाणिज्य

कपिलवस्तुको शिवराज नगरपालिकामा निशुल्क आखाँ शिविर



कपिलवस्तु २३ माघ -कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. ४ को आयोजना तथा छन्द कालेबाबु नारायणी आखाँ अस्पताल बहादुरगंजको प्राविधीक सहयोगमा निशुल्क आखाँ शिविर संचालन भएको छ ।

वडाका प्रत्येक टोलहरुमा पुगी आखाँ जाच गर्ने काम भइरहेको वडा अध्यक्ष सफिक अहमद खा ले बनाउनु भयो । आखाँका रोगीहरुको निशुल्क जाँच संगै मोतिया विन्दुका रोगीहरुको अप्रेशन अस्पतालको तर्फ निशुल्क गरिने अध्यक्ष खा ले बताउनु भयो ।

मोतिया विन्दुको अपरेशन गर्ने विरामीहरुको रगत जाँच र औषधी लागि लाग्ने रकम वडाले प्रदान गर्ने वडा अध्यक्ष खा ले जानकारी दिनु भयो । वडाका आखा सम्बन्धि विरामीहरुलाई आफ्नो टोलमा आउने आखाँ जाच शिविरमा सहभागि भई आखाँ चेकजाँच तथा परामर्श लिन समेत उहाँ अनुरोध गर्नु भयो ।

प्रकाशित : २३ माघ २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६