जीवनशैली

स्थानीय न्यायिक समितीमा एउटा पनि हिंसाको उजुरी नपरेपछि उठयो प्रश्न




कपिलवस्तु २४ माघ। कपिलवस्तुको तौलिहवामा मानव बेखबिखनबाट पीडीत तथा प्रभावितहरुको सहयोगका लागि बार्षिक सार्वजनिक छलफल कार्यक्रम संपन्न गरिएको छ । माईती नेपाल लगायतका संस्थाको सहयोगमा कपिलवस्तु नगरपालिकाद्धारा आयेजित कार्यक्रमम उप मेयर लक्ष्मी गुप्ताले चेलीबेटी न्युनीकरण तथा महिला हिंसा न्युनीकरणकालागि गाउ गाउमा जन चेतना कार्यक्रम संचालन गर्नु पर्ने बताईन । उनले नगरपालिकाको न्यायिक समितिमा महिलाहिंसा सम्बन्धी उजुरी नपरेको भन्दै हिंसा पीडीत महिलाकालागि नगरपालिकामा २ लाखको कोष खडा भएको बताईन । प्रहरीको महिला सेलको सिफारिसमा कोषबाट पीडीतलाई रकम प्रदान गरिने उनले बताईन ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेलले नगरपालिकामा महिला हिसा सम्बन्धी निबेदन र तथ्याक नहुदा समस्या पर्ने गरेको बताए । उनले महिला हिंसा घरमा लु्काउने चलन रहेको र न्यायिक समिति प्रति बिश्वास नभएकाले नगरपालिकामा हिंसा सम्बन्धी अझै सम्म एउटा पनिउजुरी नपरेको उनले बताए । उनले महिला हिंसा न्युनीकरणकालागि ब्यापकरुपमा जन चेतना कार्यक्रम संचालन गनर््ु पर्ने बताए । कानुन ब्यवसायी भोला बिश्वकर्माले चेलीबेटी बेचखिबनको समस्या अझै सम्म न्युनीकरण नभएको भन्दै पीडकलाई कडा कानुको ब्यवस्था भए पनि प्रहरीले बेचबिखनलाई शरीर बन्धक भन्दै मुद्दा चलाउदा समस्या परेको बताए ।
उनले अदालतमा बाह्र तेह्र बटा मात्र बेचबिखनको मुद्दा चलेको भन्दै महिला हिंसा न्युनीकरण र चेखीबेटी बेचबिखान बिरुद्ध सशक्तरुपमा अघि बढनु पर्ने बताए । कार्यक्रममा पत्रकार महासंघका जिल्ला अध्यक्ष किरणमान बज्राचार्य, महिला सेलकी पार्वती ग्ुप्ता, कनिज फातिमा, कमला बेल्बासे, गोमा परियार, परियोजन संयोजक माया क्षेत्री लगातयले महिला हिंसा न्युनीकरणकालागि सबैले हातेमालो गर्नु पर्ने बताए ।

प्रकाशित : २४ माघ २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६