प्रदेश

स्थानीय तहको निर्वाचन मिति आज घोषणा गर्ने तयारीमा सरकार




काठमाण्डौं, २४ माघ ।

सरकारले आज स्थानीय तहको निर्वाचन मिति घोषणा गर्ने तयारी गरेको छ । आज मन्त्रिपरिषद्को नियमित बैठक बस्ने दिन हो । आइतबार बसेको तीन दलका शीर्ष नेताहरुको बैठकमा प्रमुख प्रतिपक्ष नेकपा एमालेले स्थानीय निर्वाचन समयमै गर्न आग्रह गरेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले अबको क्याबिनेटले मिति घोषणा गर्ने बताउनुभएको हो ।
सरकारका प्रवक्ता, सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पनि मन्त्रिपरिषद्को अब बस्ने बैठकले निर्वाचन मिति घोषण गर्ने बताउनुभएको छ । यद्यपि आज क्याबिनेट बस्ने÷नबस्नेबारे भने आफूले सूचना पाइनसकेको महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री उमा रेग्मीले बताउनुभयो ।

निर्वाचन आयोगले जेठ ४ गतेका लागि चुनावको मिति प्रस्ताव गरेको र पाँच दलीय सत्तारुढ गठबन्धनभित्र पनि करिब सहमति भइसकेको बताइएको छ ।

प्रकाशित : २४ माघ २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६