प्रदेश

जडीबुटी संकलन गर्न गएका दुईको मृत्यु, ३४ जना दुई दिनदेखि हिउँमा फसे



काठमाण्डौं, २४ माघ ।
जुम्लाको तातोपानी गाउँपालिका– ८ को गाग्रे पाटनमा जडीबुटी संकलन गरेर फर्किने क्रममा हिमपातको चिसोका कारण दुईजनाको मृत्यु भएको छ । तातोपानी– ८ की ३७ वर्षीया देवी शाही र वडा नं. ७ का ४६ वर्षीय मुन रावतको मृत्यु भएको जुम्लाका डिएसपी नरेन्द्र चन्दले बताए ।

भारी हिमपातका कारण ३४ स्थानीय दुई दिनदेखि पाटनमै फसेका छन् । प्रदेश सरकारले हेलिकोप्टरमार्फत पाटनमा केही दिनलाई पुग्ने खाद्य सामग्री तथा औषधि झारेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मिलन बुढथापाले बताए । सिडिओ विजयाकुमारी प्रसाईंले राहत झार्ने क्रममा २० जना पाटनमा देखापरेको र ठाउँ–ठाउँमा धुवाँ देखिएकाले अरू पनि सुरक्षित रहेको अनुमान गरिएको बताइन् ।

प्रकाशित : २४ माघ २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६