प्रदेश

गौतमबुद्ध विमानस्थलमा फागुन ५ गते क्यालिब्रेसन उडान गर्न जहाज नेपाल आउने



बुटवल, २४ माघ। सञ्चालनको तयारीमा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा क्यालिब्रेसन उडान गर्न ५ फागुनमा जहाज नेपाल आउने भएको छ । यसबीचमा प्राविधिकहरुले यो विमानस्थलमा यान्त्रिक उडान गर्न आवश्यक तयारी गरिरहेका छन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीका अनुसार कम्पनीले यसअघि दिएको अनुमानित मितिभन्दा एक साता अगाडि नै नेपाल ल्याउन आग्रह गरिए अनुसार मिति तय भएको हो । क्यालिब्रेसन उडानबाट विमानस्थलको सञ्चालनमा जडान उपकरणहरुले काम गरे/नगरेको हेरिने छ । त्यसपछि विमानस्थलमा नेपाल एयरलाइन्सको जहाजबाट परीक्षण उडान गरिने छ ।

गौतमबुद्ध विमानस्थलमा उपकरण जडानसहति प्राविधिक कामको जिम्मेवारी एरोनटिकल रेडियो अफ थाइल्याण्ड (एरो थाई)ले पाएको छ । जहाज ल्याउने र क्यालिब्रसन उडान गर्ने जिम्मेवारी समेत सोही कम्पनीको हो ।

महानिर्देशक अधिकारीका अनुसार विमानस्थलको भौतिकतर्फको काम शतप्रतिशत पुरा भइसकेकेको छ । अब प्राविधिकतर्फको परीक्षणको काम सकिएपछि विमानस्थल व्यवसायिक रुपमा संचालनका लागि योग्य बन्नेछ ।

क्यालिब्रेसन उडानका दौरान कन्ट्रोल टावरको समेत परीक्षण हुने छ । भैरहवा विमानस्थलको काम २१ डिसेम्बर २०१४ बाट शुरु भएको हो । राष्ट्रिय गौरवका आयोजनामध्ये सम्भवतः सबैभन्दा कम समयमा पुरा हुने आयोजनाका रुपमा यो आयोजना रहेको छ ।

भैरहवामा ३ हजार मिटर लम्बाई र ६० मिटर चौडाईको विमानस्थल बनेको छ । यसले अब त्रिभुवन विमानस्थलको विकल्प समेत दिनेछ ।

प्रकाशित : २४ माघ २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६