अर्थ-वाणिज्य

विप्लव समूहले भन्यो तपाई हामी मिलेर एकिकृत जन विद्रोहमा जाऔं



कपिलवस्तु २५ माघ । कपिलवस्तुमा विप्लव समुह निकट सबै जनसंगठनको मोर्चाको आवहानमा भएको अन्तरकृयामा विप्लव समुहका जिल्ला सेक्रेटरी कमल केसीले महङगीले यसरी थिच्दा , पेट्रोलिय पदार्थमा हप्तापच्छिे मुल्य बृद्धि हुदा , सरकार चौतर्फी रुपमा असफल हुदा र ब्यवस्था नै अफाफ सिद्ध हुन लाग्दा पनि जनस्तरवाट किन विद्रोहको आवाज उठेन भन्दै मिलेर एकिकृत जनक्रान्तिमा लाग्न आवहान गर्नु भएको छ । उहाले कपिलवस्तुको जीतपुरमा आयोजित अन्तरकृयामा यस्तो वताउनु भएको हो ।पेट्रोलियम पदार्थ को मूल्य वृद्धि खारेजीको माग गर्दै नेकपा निकट संयुक्त जन बर्गीय संगठन मोर्चा कपिलवस्तुले अन्तरक्रिया कार्यक्रम गरेको छ ।

नेकपा कपिलवस्तु जिल्ला सेक्रेजिल्ला सेक्रेटरी केसीले राज्यले जन्तालाई दिनु पर्ने सेवा सुविधा जन्ताले अनुभुति गर्न नपाएको बताउनु भयो ।प्रत्येक बजारमा कालाबजारि हुर्दा पनि राज्य मौन भएको बताउदै राज्यले जनतालाई निरासा बनाएको बताउनु भएको थियो । उद्योग बाणिज्य संघको सभहलमा आयोजना भएको कार्यक्रममा थारु राष्ट्रिय मुक्ती मोर्चाका केन्द्रिय अध्यक्ष सुनिल थारु, कपिलवस्तु नागरिक समाजका अध्यक्ष दोलखबहादुर पक्षाईले कार्यक्रममा बोल्दै पेट्रोलियम पदार्थ मात्रै होइन हरेक क्षेत्रमा मङगि बढेको भन्दै काम गरेर खाने मजदुरलाई समस्या भएको स्पष्ट पार्नु भयो ।

कपिलवस्तु उद्योग वाणिज्य संघका सचिव खिमान्द पौडेल कपिल, नेकपा माओवादि केन्द्रका प्रतिनिधि कमल आचार्य ,नेकपा नेकपा मसालका जिल्ला प्रबक्ता छिबिलाल गैरे,कपिलवस्तु प्याव्सनका सुरेन्द्र पाण्डे,राष्ट्रिय जनमोचा केन्द्रिय सदस्य हिमाल वाग्ले, , नेकपा (क्रान्तिकारी माओवादी प्रतिनिधि)कमल उप्रेती कार्यक्रममा बोल्नु भएको थियो ।कार्यक्रममा बोल्ने बक्ताहरुले जनताको ज्यानको सुरक्षा दिन नसकेको गुनासो गदैै सरकारले जनताको सधै ढाडभाच्ने काम गरेको बताएकोे थियो । सहिद परिवार सङगठनका जिल्ला अध्यक्ष विर बहादुर विकको अध्यक्षता,अखिल महिला संघ क्रान्तिकारीका जिल्ला अध्यक्ष डिलमाया वाडाको स्वागतमा भएको कार्यक्रमको सञ्चालन युवा सङगठन नेपाल कपिलवस्तु जिल्ला अध्यक्ष देव बाहादुर केसि सागरले सञ्चालन गर्नु भएको थियो ।

अखिल क्रान्तिकारि केन्द्रिय सदस्य विज्ञान क्षेत्रीयले चक्रो मुल्य बृद्धिको निकास के होत कसरी निकास निकाल्न सकिन्छ लगायतको विषयमा बताउदै सरकाले गरेको पेट्रोलियम पदार्थको मुल्य विद्री फिर्ता नभए अद्धै आन्दोलनमा जाने बताउनु भयो । साथै उहाले आज सरकार ले कमिसन को आडमा ,कथित चुनाव को खर्च जुटाउने बाहनामा मूल्य वृद्धि गरिएको छ ,वृद्धि मुल्य खारेज गर्न भ्रष्ट सरकार लाई चेतावनी दिनुभएको छ ।उक्त अन्तरकिया कार्यक्रममा विभिन्न राजनैतिक दलका, विभिन्न सघं संस्थाका प्रतिनिभि युवाहरुको सहभागिता रहेको थियो ।

प्रकाशित : २५ माघ २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६