प्रदेश

५ टन केराउसहित कपिलवस्तुबाट भारतीय ट्रक नियन्त्रणमा




कपिलवस्तु, २५ माघ ।
प्रहरीले कपिलवस्तुबाट पाँच हजार किलो केराउ बरामद गरेको छ। सोमबार राति प्रहरीले यशोधरा गाउँपालिका ७ मर्यादपुरबाट भारतको इटवातर्फ जाँदै गरेको भारतीय ट्रक नियन्त्रणमा लिएको हो।

भारत गइरहेको युपी ५५ टी २२९५ नम्बरको ट्रक चेकजाँच गर्दा उक्त परिमाणको केराउ बरामद भएको कपिलवस्तु प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले बताए।

ट्रक चालक भारत जिल्ला सिद्धार्थनगर ग्राम इटवाका २७ वर्षीय धनप्रकाश अग्रहरिलाई नियन्त्रणमा लिइएको भण्डारीले बताए।

तेस्रो मुलुकबाट निकै सस्तो मूल्यमा नेपालमा आउने केराउ व्यापारीको मिलेमतोमा भारततर्फ तस्करी हुँदै आएको छ।

बरामद केराउको मूल्य ५ लाख रुपैयाँ रहेको भण्डारीले बताए। नियन्त्रणमा लिइएको ट्रक र केराउको मूल्य १७ लाख मूल्यांकन गरी भन्सार कार्यालय सुठौली पठाउने तयारी भइरहेको उनले बताए।

प्रकाशित : २५ माघ २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६