प्रदेश

लुम्बिनी विकास कोषको कोषाध्यक्षमा भट्टराई नियुक्त



२५ माघ, बुटवल । लुम्बिनी विकास कोषको कोषाध्यक्षमा रुपन्देहीका ढुण्डीराज भट्टराई (सिद्धिचरण) नियुक्त भएका छन् ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले भट्टराईलाई कोषको कोषाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । उनको कार्यकाल ५ वर्षको हुनेछ ।

रुपन्देहीको देवदह स्थायी घर भएका भट्टराईले लुम्बिनी बौद्ध विश्वविद्यालयबाट एप्लाइड बुद्धिजममा स्नातकोत्तर गरेका छन् । समाजशास्त्रमा पनि स्नातकोत्तर र कानूनमा स्नातक गरेका भट्टराई दुई दशकदेखि पत्रकारितामा पनि आवद्ध छन् । उनी नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य एवं रुपन्देही सहइन्चार्ज हुन् ।

आफ्नो कार्यकालमा कोषमा आर्थिक पारदर्शिता र सुशासन कायम गर्नु आफ्नो पहिलो प्राथमिकता हुने भट्टराईले बताए ।

लुम्बिनी विकास कोषबाट हुने ठेक्का सम्झौता अपारदर्शी र मिलेमतोमा हुने गरेको आरोप लाग्दै आएको छ ।

प्रकाशित : २५ माघ २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६