अर्घाखाँची, २५ माघ । अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले व्यावसायिक पशुपालक किसानलाई घाँस काट्ने च्याप कटर मेशिन र भकारो फाल्ने प्रेसर वासर मेशिन अनुदानमा वितरण गरेको छ ।
किसानलाई सहज होस् भन्ने उद्देश्यले नगरपालिकाभित्रका १२ वडाका १२ किसानलाई च्यापकटर र प्रेसर वासर ७५ प्रतिशत अनुदानमा वितरण गरिएको मेयर कमलप्रसाद भुसालले बताउनुभयो । दूध तथा मासु उत्पादन बढाउने उद्देश्यले च्यापकटर र प्रेसर वासर मेशिन वितरण गरिएको उहाँले बताउनुभयो ।
किसानहरूको मागका आधारमा स्थलगत अनुगमन गरी व्यावसायिक पशुपालकहरूलाई सामाग्री वितरण गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले बताउनुभयो ।
कृषि पेसालाई प्रविधिमैत्री बनाउँदा किसानहरूले कम समयमा बढी उत्पादन गरेर आर्थिक समृद्धि हासिल गर्ने भएकाले कृषि र पशुपालनलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको उपमेयर ठाकुर कुमार विकले बताउनुभयो ।
७५ प्रतिशत अनुदानमा घाँस काट्ने र प्रेसर वासर पाएपछि किसानहरू खुसी भएका छन् । व्यावसायिक पशुपालन गरिरहेकाहरूलाई अनुदानमा विभिन्न सामग्री दिएकोमा आफूहरूलाई सहयोग र हौसला प्राप्त भएको सन्धिखर्क ८ किमडाँडाका किसान नेत्र पराजुलीले बताउनुभयो ।
प्रतिक्रिया