प्रदेश

बाणगंगाका विद्यार्थीले लगाए कोरोना बिरुद्ध दोस्रो डोज खोप



कपिलवस्तु, २५ माघ ।

कपिलवस्तुको बाणगंगा नगरपालिकामा विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले कोरोना विरुद्धको दोस्रो डोज खोप लगाएका छन् । बाणगंगा स्थित मोतिपुर स्वास्थ्य चौकीबाट खटिएका स्वास्थ्यकर्मीहरुको टोलीले नगरपालिका विभिन्न विद्यालयमा गरी १२ देखि १७ वर्ष उमेर समुह विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई दोस्रो डोज खोप लगाएर सकिएको स्वास्थ्य चौकी प्रमूख हिमलाल घिमिरेले जानकारी दिनुभयो ।

स्वास्थ्य चौकीबाट करिब एक हजार ७ सय विद्यार्थीले कोरोना विरुद्धको दोस्रो मात्रा स्वरुप मेडार्ना खोप लगाएको उहाँले बताउनुभयो । यस अघि पनि विद्यार्थीहरुलाई सोही खोप दिइएको थियो भने अहिले दोस्रो मात्रा पनि दिइएको हो । यस्तै यस अघि विभिन्न कारणले पहिलो खोप लगाउन छुट भएका विद्यार्थीलाई पनि खोप लगाएको स्वास्थ्य चौकी प्रमूख घिमिरेले जानकारी दिनुभयो ।

सरकारले शिक्षक र विद्यार्थीहरुलाई कोरोना बिरुद्धको खोपको पूर्ण मात्रा लगाएपछि विद्यालय संचालनको तयारी गरिरहेका बेला बाणगंगाका विद्यालयमा अध्ययनरत विद्यार्थीहरु (१२ देखि १७ वर्ष) ले कोरोना विरुद्धको दोस्रो खोप लगाएका हुन । अब दुई डोज खोप लगाएका विद्यार्थीहरुलाई ६ महिना पछि बुस्टर डोज लगाइने छ । उनीहरुलाई सम्बन्धित विद्यालयमै पुगेर स्वास्थ्यकर्मीहरुको टोलीले खोप लगाइदिएका हुन ।

यसैबिच खोप लगाउन छुटेका विद्यार्थीहरुलाई भोली आर्थात बुधबार मोतिपुर स्वास्थ्य चौकीमा खोप लगाउने तयारी गरिएको पनि घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार यस अघि विभिन्न कारणले खोप लगाउन छुटेका वा खोपको पहिलो मात्रा पनि नलगाएका शिक्षक, कर्मचारी, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, पत्रकार, विद्यार्थीहरुले समेत मोतिपुर स्वास्थ्य चौकीमार्फत भोली खोप लगाउन सक्नेछन् ।

प्रकाशित : २५ माघ २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६