सरिता थारु, माघ २५ ।
बाणगंगा बडा नं. ३ मा रहेको उज्जवल बाल संजालको आज एक कार्यक्रमका विच पुर्न गठन गरिएको छ । दिपेश पाण्डेको अध्यक्षतामा १५ सदस्यीय बाल संजाल पुर्न गठन गरिएको हो । जसको उपाध्यक्षमा आर्ति थारु, सविचमा सचिम शार्मा, सहसचिवमा इन्दिरा थारु, कोषाध्यक्ष विवेक गौतम रहनुभएको छ भने अन्य सदस्यमा रहनुभएको ।
कार्यक्रममा वडा अध्यक्ष सन्तराम रौतारले बोल्दै बालबालिका देशका कर्णधार भएकाले बालबालिकाको शसक्तिकरणका लागि वडाले विभिन्न कार्यक्रम गर्दै आएको बताउनुभयो । पछिल्लो समय समाजलाई नैतिकवान बनाउन आवश्यक रहेको बताउदै उहाले बालबालिकालाई राम्रो शिक्षा तथा नैतिकवान बनाउन सबै अभिभावकहरुले पनि ध्यान दिनुपर्ने आवश्यकता रहेको औल्याउनुभयो । साथै उहाले यस बर्ष पनि बालमैत्रि कार्यक्रम अन्तरगर्त वडाले १ लाख बजेट समेत विनियोजन गरेको बताउनुभयो ।
कार्यक्रममा वडा सदस्य रामआश्रे थारु, राधा विक, जन्कल्याण टोल विकास संस्थाका अध्यक्ष बासुदेव चौधरी, बालमैत्री सहजकर्ता पवित्रा राना लगाएतले बोल्नुभएको थियो । कार्यक्रम वडा सदस्य कुलबहादु सोमैको संचालनमा सम्पन्न भएको हो । सिउटीमा रहेको सामुदायिक भवनमा कार्यक्रम भएको बताइएको छ । यसैविच बालमैत्रि कार्यक्रम अन्तरगत यसवर्ष कार्यक्रम संचालनका लागि आकृती विकको अध्यक्षतामा ७ सदस्यी उपभोक्ता समिती समेत गठन गरिएको छ । कार्यक्रम अन्तरगर्त लागऔषध दुव्र्यसनी न्युनिकरणका लागि सडक नाटक, किशोरी शिक्षा लगाएत कार्यक्रम संचालन गरिने बताइएको छ ।
प्रतिक्रिया