प्रदेश

कपिलवस्तुमा निशुल्क आँखा शिविर सम्पन्न, ३ सय जना लाभान्वित



सनिउल्ला धोबी, २५ माघ ।
कपिलवस्तुमा निशुल्क आँखा शिविर सम्पन्न भएको छ । जिल्लाको शिवराज नगरपालिका वडा नं ४ बरगदवामा निशुल्क आखाँ शिविर तथा मोतिया बिन्दुको अपरेशन सम्पन्न भएको छ ।

नसीम अहमद खाँ (सब्बु) को व्यवस्थापन र बुटवल लायन्स आँँखा अस्पतालको प्राविधिक सहयोगमा बरगदवा स्थीत मदरसामा १ दिने आँँखा शिविर मोतियाबिन्दुको अपरेशन सम्पन्न भएको हो ।

उक्त शिविरमा ३ सय भन्दा बढी नागरिकले आखाँ चेकजाँच गराई सेवा लिएका थिए । ५० जनालाई मोतियाविन्दुको अपरेशनका लागि बुटवल रिफर गरिएको नसीम अहमद खाँ (सब्बु)ले जानकारी दिनुभयो ।

समाजमा अझै पनि आँखाका रोगीहरु रहेकोले उनीहरुको आखाँको निशुल्क रुपमा अपरेशन गरिने बुटवल लायन्स आँँखा अस्पतालका वरिष्ट नेत्र सहायक मनोहर न्यौपानेले बताउनुभयो ।

लोकतान्त्रिक समाजवादी पार्टी कपिलवस्तुका जिल्ला सदस्य समेत रहेका नसीम अहमद खाँ (सब्बु) ले नागरिकलाई घरमै स्वाथ्य सेवा प्रवाह गर्ने उदेश्यले शिविरको आयोजना गरेको बताउनु भयो । गाउ मै शिविर भएपछि स्थानियहरु खुसी भएका थिए ।

प्रकाशित : २५ माघ २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६