प्रदेश

पार्टी बाट अलग हुने निर्णयमा अझै सोच्न कमल थापालाई राप्रपाको सुझाव




काठमाण्डौ, २५ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपांं) ले पूर्वअध्यक्ष कमल थापालाई पार्टी परित्याग गर्ने निर्णयमा पुनर्विचार गर्न आग्रह गरेको छ ।

थापाले आज मङ्गलवार पार्टीबाट अलग भएको घोषणा गरेलगत्तै बसेको राप्रपाको बैठकले थापाको निर्णयप्रति दुःख व्यक्त गर्दै निर्णय पुनर्विचार गर्न आग्रह गरेको हो । राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले निकाल्नुभएको विज्ञप्तिमा थापालाई आफ्नो निर्णयप्रति पुनर्विचार गर्न आग्रह गर्दै पार्टी सैद्धान्तिक अवधारणा र कार्यदिशामा अविचलित रहेको उल्लेख छ ।

‘राप्रपाको एकता महाधिवेशनपछि पार्टीको लोकप्रियतामा वृद्धि तथा राष्ट्रिय शक्तिका रूपमा उदय र विकास भइरहेको समयमा निवर्तमान अध्यक्ष कमल थापाले पार्टीबाट अलग हुने भनी गरिएको घोषणाप्रति दुःख प्रकट गर्दछौँ । पार्टीबाट अलग हुने निर्णयमा पुनर्विचार गर्न राप्रपा अनुरोध गर्दछ’, विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित : २५ माघ २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६