जीवनशैली

न्याय सेवाका शाखा अधिकृतको नतिजा सार्वजनिक



काठमाडौं २५ माघ – लोक सेवा आयोगले न्याय सेवाका शाखा अधिकृतको नतिजा सार्वजनिक गरेको छ । लोक सेवा आयोगले मंगलबार सार्वजनिक गरेको नतिजा अनुसार न्याय सेवा अन्तरगत खुला र समावेशी गरेर जम्मा एक सय १४ जना सिफारिस भएका हुन् ।जसमा सबैभन्दा बढी न्याय सेवातर्फ ५९ जना, दोस्रोमा सरकारी वकिल सेवातर्फ ४२ जना र कानून सेवातर्फ १३ जना सिफारिस भएका छन् । न्याय, कानून र सरकारी वलिक समूहको शाखा अधिकृत वा सो सरहको पदमा खुलातर्फ ६७ जना सिफारिस भएका छन् । जसमा सबैभन्दा बढी न्यायमा ३६ जना, दोस्रो सरकारी वकिलमा २४ जना र कानूनतर्फ ७ जना सिफारिस भएका छन् ।

यस्तै महिलातर्फ १८ जना सिफारिस हुँदा सबैभन्दा बढी न्याय सेवामा १० जना, सरकारी वकिल सेवामा ६ जना र कानून सेवामा २ जना सिफारिस भएका छन् । आदिवासी जनजातितर्फ १४ जना सिफारिस हुदाँ न्याय सेवामा ८ जना, सरकारी वकिल सेवामा ५ जना र कानून सेवामा एक जना सिफारिस भएका छन् ।मधेशीतर्फ ८ जना सिफारिस हुदाँ सरकारी वलिक सेवामा ४ जना, न्याय सेवामा तीन जना र कानून सेवा एक जना सिफारिस भएका छन् ।दलिततर्फ ३ जना सिफारिस भएकोमा दुई जना सरकारी वलिक र एक जना कानून सेवामा, अपांगता भएका व्यक्तितर्फ २ जना सिफारिस भएकोमा एक जना सरकारी वकिल सेवा र एक जना न्याय सेवा र पिछडिएको क्षेत्रतर्फ २ जना सिफारिस हुदाँ एक जना कानून र एक जना न्याय सेवामा सिफारिस भएका छन् ।

प्रकाशित : २५ माघ २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६