जीवनशैली

पछिल्लो २४ घण्टामा थपिए २ हजार ४०१ संक्रमित ,१४को मृत्यु



काठमाडौ २६ माघ ।: पछिल्लो २४ घण्टामा २ हजार ४०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। १६ हजार ३५६ जनामा कोरोना परीक्षण गर्दा २ हजार ४०१ जनामा संक्रमण देखिएको हो।आरटी-पीसीआर परीक्षणबाट १ हजार ८५१ र एन्टीजेन परीक्षणबाट ५५० जनामा कोरोना संक्रमण पुष्टि भएको हो। आज देखिएका संक्रमितको संख्या हिजोको भन्दा बढी हो। परीक्षण दर बढाउँदा संक्रमितको संख्या पनि बढेको छ।हिजो मंगलवार १२ हजार ६९२ जनामा परीक्षण गर्दा १ हजार ९५७ जनामा संक्रमण पहिचान भएको थियो।

त्यसैगरी, पछिल्लो २४ घण्टामा ७ हजार ७७७ जना संक्रमणमुक्त हुँदा सक्रिय संक्रमितको संख्या ३० हजार २४१ पुगेको छ। साथै, कोरोना संक्रमणका कारण थप १४ जनाको मृत्यु भएको छ।स्वास्थ्य मन्त्रालयको तथ्याङ्कअनुसार पछिल्लो २४ घण्टामा थप २ लाख ४६ हजार ७८३ जनाले कोरोना विरुद्धको खोप लगाएका छन्।

प्रकाशित : २६ माघ २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६