प्रदेश

ट्राफिक प्रहरी र ट्राभल एजेन्सीको सेटिङमा भारतीय गाडीको ज्यादति, नेपाली ब्यवसायी मारमा



ट्राफिक प्रहरी तथा ट्राभल एजेन्सीको सेटिङमा भारतीय यात्रु बहाक सवारी साधन बस,इनवा ,विङ्गर नेपालको रुपन्देही र कपिलवस्तुमा आउन थाले पछि नेपालका बस ब्यवसायी मारमा परेका छन । नियम बिपरित ति भारतीय बसहरु रुपन्देही तथा कपिलवस्तुबाट नै यात्रुहरु बोकेर कृष्णनगर सिमा हुदै भारत लैजान थाले पछि नेपाली बस ब्यवसायीहरु मारमा परेका हुन ।

बुधबार मात्र बुटवल स्थित लुम्बिनि प्रादेशिक अस्पताल पछाडी रहेको इट्टाभट्टी लाइनमा सिधै भारतीय साना तथा ठुला बसले यात्रु बोक्न थाले पछि नेपाली बस ब्यवसायीहरु मारमा परेका हुन । यसरी दैनिक रुपमा ४ देखि ७ वटा सम्म साना ठुला भारतीय बसले नेपाली यात्रु नियम बिपरित रुट बिना नेपाल मै आई यात्रु लैजादै गरेका छन ।

नेपाली बसहरु सिमा पार गरेर पारी जान नसक्ने अवस्थामा ट्राफिक प्रहरीकै सेटिङ रुपन्देहीको बुटवलबाट यसरी यात्रु बोकेर लैजाने काम भइ रहेको पाइएको छ । यस बिषयमा रुपन्देही र कपिलवस्तु प्रशासनले पनि चासो नदिदा झन पछि झन नेपाली बस ब्यवसायीहरु मारमा पर्ने गरेको नेपाली बस ब्यवसायी अमृत केसीले वताउनु भयो ।

भारतीय गाडीले सिधै नेपाल आएर यात्रु लैजादा ट्राफिकलाई प्रति गाडी नेपाली ३ हजार २ सय रुपैया आइसि २ हजार रुपैया दिएर नेपाल आउने सेटिङ मिलाउने गरेको उहाँले आरोप लगाउनु भएको छ । नियमानुसार नेपाल भारत मैत्री बस बाहेक अन्य बसले नेपाली यात्रु नेपाल भित्र बाट नै सिधै लैजान नपाउने ब्यस्था रहेकोे छ । यस बिषयमा रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी धुर्व कुवँरले ति बसलाई कृष्णनगर नाका मै रोक्नु पर्ने बताउदै रुपन्देहीको हकमा अव यस्ता घटनालाई हुन नदिने बताउनु भयो ।

यता लुम्बिनी प्रदेश ट्राफिक कार्यालयका प्रमुख प्रहरी उपरिक्षक योगेन्द्र सिंग थापाले यस्तो यातायात व्यवसायीबाट गुनासो कहि कतैबाट पनि नसुनेकोले यो कुराको वास्तवीकता रहेको भए र यदि ट्राफिकहरु कोही कसै मिलिमतो रहेको भए पनि कारवाही गर्ने वताउदै आफु मातहतका सबै ट्राफिक कार्यालयलाई सोही बमोजिम भारतबाट भारतीय गाडीमा नेपाली प्यासेन्जर वोकेर ल्याउने,लैजाने काम यात्रुवाहक बस बन्द गर्नका लागि निर्देशन दिनेबताउदै यदि त्यस्तो भेटिए तुरुन्त कारवाही गर्ने वताउनु भयो ।
कपिलवस्तु जिल्लाका प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले यो गुनासो आफु कहाँ पहिलो पटक आएकोले यसको यथार्थता केहो तत्काल बुझेर त्यस्तो गलत कार्य भएको भए ति सवारी साधनलाई तत्काल कारवाहीको प्रक्रिया अगाडी बडाउने बताउदै सो इन्डीयन यात्रुवाहक वसलाई रोक लगाउने वताउनु भयो ।

प्रकाशित : २७ माघ २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६