प्रदेश

पशुपतिनाथ मन्दिर भोलिबाट दर्शनार्थीका लागि खुल्ने




काठमाण्डौ, २७ माघ ।
पशुपतिनाथ मन्दिर भोलिबाट दर्शनार्थीका लागि खुल्ने
काठमाडौँ । पशुपतिनाथको मन्दिर भोलिबाट दर्शनार्थीका लागि खुला हुने भएको छ । कोरोना भाइरसको तेस्रो लहरका कारण माघ पहिलो सातादेखि बन्द रहेको पशुपतिनाथ मन्दिर भोलिदेखि खुला हुने भएको हो ।

कोरोना सङ्क्रमण बढ्न थालेपछि यही माघ ५ गतेदेखि पशुपतिनाथ मन्दिर भक्तजनका लागि बन्द गरिएको थियो। । मन्दिर बन्द भएपछि नित्य पूजा मात्र हुँदै आएको थियो ।  

भोलिबाट भक्तजनले पशुपतिनाथको मन्दिरमा पूजा तथा दर्शन गर्न सक्ने पशुपति क्षेत्र विकास कोषले जनाएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंको फागुन २३ मा जारी आदेश अनुसार मन्दिर खुला गर्ने निर्णय गरिएको कोषले स्पष्ट पारेको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंको आदेशमा मठ–मन्दिर, मस्जिद, गुम्बा, चर्चलगायत स्थलहरुमा जनस्वास्थ्य मापदण्ड पालना गरी एक पटकमा ५० जनाभन्दा बढी नहुने गरी पूजा, ध्यान वा प्रार्थना गर्न गराउन सकिने उल्लेख छ ।

प्रकाशित : २७ माघ २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६