प्रदेश

कपिलवस्तुको चन्द्रौटामा एमसीसी विरुद्ध पाँच दलिय विरोध प्रदर्शन




कपिलवस्तु, २७ माघ ।
कपिलवस्तुको चन्द्रौटामा एमसीसी विरुद्ध क्रियाशील पाँच दलिय विरोध प्रदर्शन गरिएको छ । बुधबार एमसीसी सम्झौता खारेजीको नारा जुलुस गर्दै चन्द्रौटा बजार परिक्रमा चन्द्रौटा चोकमा कोणसभामा परिणत भएको हो । नेकपा(विप्लव), नेकपा माले, राष्ट्रिय जनमोर्चा, नेकपा (मसाल) र नेकपा माओवादी लगायतको संयुक्त आयोजनामा कार्यक्रम गरिएको बताइएको छ ।

नेकपाका केन्द्रीय सदस्य भेषराज भुसालले राष्ट्रघाती एमसीसी सम्झौता कुनै पनि शर्तमा मान्य नहुने बताए । यदि जबर्जस्ती लागू गर्न खोजे जस्तो सुकै बलिदानी दिन आफूहरु तयार रहेको समेत उनले बताए । अमेरिकाको दिर्घाकालीन योजना चीनलाई घेराबन्दी गर्नु इन्डोफेसफिक, आइपिएस रणनीति अन्तर्गत रहेको हुँदा यसलाई समर्थन गर्नु भनेको नेपाल चीन विरुद्ध अमेरिकी सैन्य कायम हुनु सरह रहेको सदस्य भुसालले बताए ।

यसैबीच राष्ट्रिय जनमोर्चा प्रतिनिधि तथा अखिल नेपाल ट्रेड युनियन महासंघ अन्तुकका केन्द्रीय सदस्य केर सिंह अदैले विश्वका स्वतन्त्र गरीब देशहरूमा अमेरिकाले गरेको हैकमबारे प्रष्ट पारे । उनले नेपालमा जबर्जस्ती लिनै पर्छ भनेर दबाब दिनु नेपालको संविधानभन्दा माथि हुन खोजेको बताए । अमेरिकी सेना नेपाल ल्याउने विषय नेपाल राष्ट्रको हित विपरित भएको जनाउँदै यसको खारेजीको विकल्प नभएको समेत अदैले जनाए ।

कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले प्रचण्ड, ओली र माधव नेपाललाई जनतामाथि भ्रम नछर्न चेतावनी दिँदै ढुलमुल नभई एउटा कित्ता रोज्न दबाब दिनुका साथै आगामी जेठ २ गते पुनस् संघर्ष गर्ने जानकारी दिए । नेकपा क्रान्तिकारीका केन्द्रीय सदस्य पिताम्बर आचार्य, नेकपा मसालका जिल्ला प्रवक्ता छबिलाल गैरे, नेकपा मालेका जिल्ला संयोजक ओम नारायण चतुर्वेदी र नेकपाका जिल्ला सेक्रेटरी कमल केसी लगायतले कार्यक्रमलाई सम्बोधन गरेका थिए ।

प्रकाशित : २७ माघ २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६