प्रदेश

एमसीसी अगाडि बढाउनुपर्ने कांग्रेसको निष्कर्ष




काठमाण्डौ, २७ माघ । नेपाली कांग्रेसले अमेरिकी आर्थिक सहायताुमिलेनियम च्यालेन्ज कर्पोरेशनु एमसीसी सम्झौता अगाडि बढाउनुपर्ने निष्कर्ष निकालेको छ ।

आज बिहीवार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले एमसीसी अगाडि बढाउने निष्कर्ष निकालेको नेता शशाङ्क कोइरालाले जानकारी दिनुभयो ।

बैठकमा सहभागीहरूले एमसीसीको विषयमा नागरिकलाई पनि बुझाउनुपर्नेमा जोड दिएका छन् । आजको बैठकमा पूर्व अर्थ मन्त्री एवम् कांग्रेस केन्द्रीय सदस्य रामशरण महतले एमसीसी विशुद्ध विकास परियोजना भएको र यसबारेमा नागरिकलाई पनि बुझाउनुपर्ने बताउनुभएको थियो ।

आजको बैठकमा आसन्न स्थानीय तहको चुनाव र पार्टीका भातृ सङ्गठनको अधिवेशनको विषयमा समेत छलफल भएको नेता कोइरालाले जानकारी दिनुभयो ।

प्रकाशित : २७ माघ २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : presspationline@gmail.com

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६