प्रदेश

राजनैतिक दलले भने चुनावका कारण विकासका काम प्रभावित नहौन




कपिलवस्तु, २८ माघ ।कपिलवस्तुको बाणगंगा नगरपालिकाले बाणगंगा नगर भित्रका राजनितीक दलहरु संग परिचय तथा छलफल गरेको छ । बाणगंगा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत टेकराज पन्थीको आगमन संगै पालिका भित्रका राजनितीक दलहरुसंग भेटघाट तथा परिचय गर्नु भएको हो । प्रमुख प्रशासकिय अधिकृत पन्थीले राख्नु भएको संयोगलाई राजनितीक दलहरुले अहिले सम्म नभएको र आगामि दिनमा आउने अधिकृतहरुलाई सिकाईको बाटो भएको बताएका छन् । राजनितीक दलहरुले स्थानिय तहको निर्वाचनलाई केन्द्र बनाएका छन् ।

पन्थीले देशको राजनितीक तथा समसामयिक विषय स्थानिय तहको निर्वाचन लक्षित छलफल भएको बताउनु भएको छ । उहाँले अहिले सम्म आफुले गरेका कार्यको अनुभव सुनाउदै बाणगंगा नगरपालिकामा पनि सबैको चित्त बुझ्दो काम गरेर नगरपालिकालई सुसानमय बनाउने बताउनु भयो । छलफलमा नेकपा एमालेका नगर अध्यक्ष युवराज पोख्रेलले बाणगंगा नगरपालिकामा भएको स्रोत साधनको दोहोनमा निगरानी गरेर नगरको राजस्व बिद्धिमा ध्यान दिन आवश्यक रहेको औल्याउनु भयो । उहाले बणगंगा प्रशस्त संभावनाको नगर भएकाले सबै राजनितीक दलले अपनत्व हुने गरि काम गर्नुपर्ने बताउनु भयो ।त्यस्तै राजनितीक दलका तर्फ बाट नेपालि कांग्रेस बाणगंगा नगर सभापति विष्णु थापाले बोल्दै बाणगंगा नगरपालिकाले विकासमा फड्को मार्न मुख्य आयश्र्रोतको बाटो खोज्नु पर्ने कुरामा जोड दिनुभएको थियो । उहाँले आगामि निर्वचनमा बाणगंगामा शान्ती, शुरक्षाका साथ आ–आफ्ना एजेण्डाहरुलाई प्रथमिकता दिनुपर्ने बताउनु भयो ।

त्यस्तै नेकपा माओवादि केन्द्र बाणगंगाका नगर अध्यक्ष देवराज अर्यालले नगरपालिकाले अवलम्वन गरेका शिक्षा, स्वास्थ्य, खेलकुद, भौतिक पुर्वाधार लगाएतका काममा जनप्रतिनीधि, प्रमुख प्रशासकिय अधिकृत लगाएतले प्रत्यक्ष अनुगमन गरेर दिगो विकासमा जोड दिन आग्रह गर्नुभयो । परिचय तथा छलफल कार्यक्रममा नेकपा एकिकृत समाजवादिका कमल प्रशाद भट्टराई, राष्ट्रिय जनमोर्चाका रामप्रसाद बेल्वासे, नेकपा एमालेका चेतनारायण भण्डारी लगाएतले आ–आफ्नो धारणा राख्नु भएको थियो । कार्यक्रममा बाणगंगा नगरपालिकाका नगरप्रमुख मंगल प्रसाद थारु, उप प्रमुख चक्र अर्याल लगाएत कर्मचारीहरुको उपस्थिती रहेको थियो ।राजनैतिक दलले भने चुनावका कारण विकासका काम प्रभावित नहौन भन्ने स्पष्ट सन्देश प्रमुख प्रकासकिय अधिकृत पन्थीलाई दिएकाछन् ।

प्रकाशित : २८ माघ २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६