जीवनशैली

कपिलवस्तुका एक व्यवसायीको २० लाख नगद लुटेर हत्या,६ जना पक्राउ



परासी २८ माघ -व्यवसायी हत्यामा संलग्न भएको भन्दै पश्चिम नवलपरासी प्रहरीले दुई जना महिलासहित ६ जनालाई पक्राउ गरेको छ । माघ ८ गते कपिलवस्तु शुद्धोधन नगरपालिकाका ३५ वर्षीय विजय चौधरी रामग्राम नगरपालिका- ९ मा मृत अवस्थामा फेला परेका थिए ।

जग्गा किन्नका लागि पश्चिम नवलपरासीको रामग्राम आएका चौधरीलाई रामग्राम नरगपालिका -३ का राजु भनिने मन्जुर आलम देवान र उनको श्रीमती हदिसुन नेसाले आफ्नै घरमा हत्या गरेर २० लाख रुपैयाँ लुटेको प्रहरीले जनाएको छ । चौधरीले काठमाडौंमा हार्डवेयर व्यवसाय गर्दै आएका थिए ।

हत्या गरेर भारतको गोरखपुरमा गएर लुकिछिपी बसेका मन्जुर र देवानलाई नवलपरासी प्रहरीको विशेष टोलीले भारतीय प्रहरीसँग समन्वय गरेर पक्राउ गरेको हो । चौधरीको हत्या गरेर लुटेको रकम लुकाउन सहयोग गर्ने अन्य चार जनालाई पनि प्रहरीले सार्वजनिक गरेको हो ।

हत्या योजनामा साथ दिएको भन्दै रामग्राम नगरपालिका २ का शारदा देवी केवट, उनका श्रीमान् बसन्त कुमार सहानी, तलत अलि खान र जित बहादुर श्रेष्ठलाई पक्राउ गरेर अदालतमा पेस गरीएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी प्रेमबहादुर शाहीले बताए । जग्गा कारोबारका लागि आउँदा आफ्नै साथीले घरमा लगेर माघ ७ गते चौधरीको हत्या गरेका थिए ।

पैसाको लोभमा परेर चिनजानको साथीको हत्या गरेर नालिमा फालेको र भारतमा गएर अभियुक्त लुकेको सूचना पाएपछि प्रहरीको विशेष टोली परिचालन गरेर पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका एसपी मनोज कुमार यादबले बताए ।

प्रकाशित : २८ माघ २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६