प्रदेश

कपिलवस्तुको मिडिया हब बाणगंगा, संचार सहकार्यवाट विकास र समृद्धी हासिल :पन्थी



पार्वती पाण्डे / हरि घिमिरे
कपिलवस्तु २८ माघ ।

कपिलवस्तुको बाणगंगा मिडियाको हव भएकोले संचार सहकार्यवाट मात्र विकास र समृद्धी हासिल गर्ने गरी काम गर्ने प्रमुख प्रशासकिय अधिकृत टेकनारायण पन्थीले वताउनु भएको छ । कपिलवस्तुमा केहि दिन अगाडि सरुवा भई आउनु भएका प्रमुख प्रशासकिय अधिकृत पन्थिले सेवालाई छिटो छरितो र पारदर्शिता , सुशासनका लागि जोड दिने बताउनु भएको छ । सेवालाई पारदर्शिता र दिगो विकासका लागि सुचना अधिकृतको व्यवस्था गरिएको जनाउनु भयो । शुक्रवार क्रियाशिल पत्रकारहरु सँगको परिचयात्मक कार्यक्रममा उहाँले यस्तो बताउनु भएको हो । नगरलाई सुशासन प्रवद्र्धन गर्ने कुरामा अधिकृत पन्थिले प्रतिवद्धता जनाउनु भएको छ । गुनासो सुनुवाई गर्ने व्यक्तिको व्यवस्था मिलाईएको उहाँले जनाउनु भयो । नगरलाई समृद्ध नगर बनाउन सञ्चारकर्मीको सुझाव आवश्यक रहेको उहाँले जनाउनु भयो ।

सञ्चारक्षेत्रको विकासका लागि पनि आफु सकारात्मक रहेको बताउनु भयो । मिडियासंगको समन्वयविना नगरको समृद्धि र विकास नहुने भन्दै पन्थीले आगामी दिनमा मिडियाकर्मीहरु सँगको समन्वयलाई निरन्तरता दिने बताउनु भयो । नगरले अब जिल्लाका सम्पुर्ण पत्रकारसंग छलफल गर्ने बताइएको छ ।कार्यक्रममा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष वसन्त अध्यक्ष बसन्त गिरीले बाणगंगा भित्र रहेका मिडिया हाउसहरुको विकासका लागि नगरले सहयोग पुर्याउनु पर्ने बताउनु भयो । बोर्डगाउँमा रहेको नेपाल पत्रकार महासंघको भवन आवासिय लुम्विनी प्रदेश स्तरिय प्रशिक्षण केन्द्र बनाउन लागिएकोले यसलाई विशेष सहयोग पुर्याउन उहाँले आग्रह गर्न भयो ।कार्यक्रममा जिल्ला अध्यक्ष किरणमान बज्राचार्य, निवर्तमान अध्यक्ष डिलाराम भुसाल, पूर्वअध्यक्ष भेषराज पाण्डे, पुर्व उपाध्यक्ष पार्वती पाण्डे , समाजबादी प्रेस संगठनका केन्द्रिय उपाध्यक्ष विकास बञ्जाडे लगायतले सुझाव दिनु भएको थियो ।

नगरप्रमुख मंगलप्रसाद थारुले नगरविकासमा कार्यकारी पन्थीले देखाउनु भएको सक्रियताको प्रसंसा गर्दै आफू पनि पत्रकारले राखेका सबालमा सकारात्मक रहेको बताउनु भयो । आफ्नो कार्यकाल अनुभवमै वित्न लागेको भन्दै उहाँले पत्रकारहरुसंग समयसमयमा छलफल र अन्तरक्रिया गरिरहनु पर्ने बताउनु भयो । नगरका प्रशासन प्रमुख केशवराज भट्टराईको संचालनमा भएको कार्यक्रममा युवा तथा खेलकुद शाखाका प्रमुख उपसचिव बाबुराम भट्टराई, शिक्षा अधिकृत खिम बहादुर जिसीको उपस्थिती रहेको थियो ।

प्रकाशित : २८ माघ २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६