जीवनशैली

आगलागीको घटनाको शोकमा आज तुलसीपुर बजार बन्द



दाङ २८ माघ ।
पाँच जनाको ज्यान जाने गरी भएको आगलागीको घटनाको शोकमा आज तुलसीपुर बजार बन्द भएको छ । तुलसीपुर चेम्बर अफ कमर्सले आज एकदिन बजार बन्द गर्ने निर्णय गरेको हो ।

चेम्बर अफ कमर्सका अध्यक्ष टोपबहादुर घर्तीको अध्यक्षतामा बसेको आकस्मिक बैठकले घटनाको शोकमा चेम्बरमा आबद्ध सबै व्यापारीले पसल बन्द गर्ने निर्णय गरेको हो ।बैठकले उचित राहतका लागि स्थानीय सरकार, प्रदेश र सङ्घीय सरकारसँग माग गरेको चेम्बरका सचिव ऋषिराज भण्डारीले जानकारी दिनुभयो ।

तुलसीपुर उपमहानगरपालिका– ५ ‘ङ’ लाइनमा रहेको इरम फुटवेयर जुत्ता चप्पल पसलको गोदाममा आज राति करिब दुई बजेदेखि आगलागी हुँदा पाँच जनाको ज्यान गएको हो ।

प्रकाशित : २८ माघ २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६