जीवनशैली

मोटरसाइकल दुर्घटना हुँदा इन्जिनियरको मृत्यु



पाल्पा २८ माघ ।
पाल्पा रम्भा गाउँपालिका २ सुरुडाँडामा मोटरसाइकल दुर्घटनामा इन्जिनियर रविन दमै छिनालको मृत्यु भएको छ।पूर्वी रुकुमको भूमे गाउँपालिका ४ घर भई हाल रम्भा गाउँपालिका बस्दै आएका २३ वर्षीय छिनालको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको हो।रम्भा १ हुँगीबाट ताहुँतर्फ आउने क्रममा लु६७प ४७८७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सुरूडाँडामा दुर्घटना भएको प्रहरीले जनाएको छ। मोटरसाइकल सडकबाट दुई सय मिटर तल खसेको थियो।यस्तै, पाल्पाकै रैनादेवी छहरा गाउँपालिका २ आरीगैरामा लडेर पुरुषको मृत्यु भएको छ। मृत्यु हुने रैनादेवी छहरा २ दिगका ५८ वर्षीय नरबहादुर राना रहेको प्रहरीले जनाएको छ। सडकबाट २५० मिटर तल मृतकको शव भेटिएको थियो।

प्रकाशित : २८ माघ २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६