अर्थ-वाणिज्य

कामवाटै नेपालको उत्कृष्ट उपमहानगर भएको मेयर पाण्डेको दावि



तुलसीपुर २९ माघ । तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले झन्डै पाँच बर्षको अवधीमा नेपालकै उत्कृष्ट उपमहानगरपालिका बनाउन सफल भएको बताए ।तुलसीपुर उपमहानगरपालिकाको १० औं नगर सभाको प्रथम बैठकलाई सम्वोधन गर्दै यस्तो बताउनुभयो । उनले बितेको झन्डै पाँच वर्ष उपलब्धीमुलक भएको दावी गरे ।आफुहरु अन्तिम आर्थिक वर्षमा रहेको र अहिले सम्म सफलता पुर्वक कामहरु सम्पन भएको उहाले बताए । यहाँ सम्म आईपुग्दा आफुहरुलाई सहयोग गर्ने सबैलाई धन्यबाद ज्ञापन गर्दै उनले आफनो कार्यकाल निकै उपलब्धी मुलक भएको बताए ।

आफुहरुकै पालामा तुलसीपुर उपमहानगरपालिका नेपालकै उत्कृष्ट उपमहानगर घोषित भएको उनको भनाई छ । जनप्रतिनिधि नहुदा र जनप्रतिनिधि आईसकेपछि तुलसीपुरको विकासले धेरै फड्को मारेको उहाले बताए ।समृद्ध तुलसीपुर ,सवैका लागी ,सधैका लागी भन्ने नाराका साथ शहर देखी ग्रामिण भेग सम्म सडक,विद्युत, खानेपानी, सिचाई, स्वास्थ्य, खानेपानी,खेलकुद लगाएतका थुप्रै महत्वपुर्ण विकास निर्माण भएको उहाले बताए ।तुलसीपुरलाई शिक्षाको हवका रुपमा विकास गर्नका लागी बहुप्राविधिक शिक्षालय, स्वास्थ्य हबका रुपमा मेट्रो अस्पताल संचालन गर्न सफल भएको उनले बताए ।

यस्तैगरी २०११ सालमा स्थापना भएको टरिगाउँ विमानस्थलमा नियमित हवाई उडान भईरहकेो उनले बताए । कुनै समय गौचरण बनेको बिमानस्थलमा आफुहरु आईसकेपछि नियमित हवाई सेवा, ईन्धन डिपो स्थापना लगाएका गौरवपुर्ण कामहरु भएको उनले बताए । तुलसीपुरका १९ वटै वडामा वडाबासीहरुको स्वास्थ्यमा पहुँच पुग्ने गरी स्वास्थ्य संस्थाहरु स्थापना भएको बताए । यसका साथै उपमहानगरलाई मातृशिशु मुत्युदर शुन्यमा झारेको बताउदै उहाले यो ठुलो उपलब्धी भएको बताए ।यसका साथै सुरक्षित मेयर आवास कार्यक्रम अन्र्तगत जस्तापाता वितरण गरेको बताए । साथै उनले बिकासको मुल आधार मानिएको सडकको विस्तार अन्र्तगत अहिले सम्म १२ सय किमि सडक स्तरोन्नतीको गरेको बताए ।तुलसीपुरलाई स्मार्ट सिटीको अवधारणा अनुसार हरेक योजनाको आवधिक र दिर्घकालिन रणनितिलाई अघि बढाएको हुदा यो विकासको मुख्य आधार स्तम्भ भएको बताए ।
उनले सरकारले स्थानिय तहको निर्वाचनको मिति तोके सँगै अब आउने जनप्रतिनिधिहरुलाई हस्तान्तरण गर्न आतुरहेको बताए । नगर सभाको पहिलो बैठकमा नगर प्रहरी बिधेक लगाएतका विधेयक पेश गरी छलफल सुरु गरिएको छ ।सो अवसरमा उपप्रमुख माया शर्मा, प्रवक्ता सुर्य बहादुर डाँगी , आर्थिक समितिका संयोजक माधव वली र तुलसीपुर ७ का वडा अध्यक्ष टोपबहादुर केसी लगाएतले बोलेका थिए ।

प्रकाशित : २९ माघ २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६