अन्तर्राष्ट्रिय

आईपीएलको मेगा अक्सनमा नेपालबाट सन्दीप लामिछाने मात्र समेटिए



काठमाण्डौ, २९ माघ । इन्डियन प्रिमियर लिग आईपीएलको मेगा अक्सन भारतको बेङ्ग्लोरमा आज र भोलि दुई दिन हुँदैछ ।

अक्सनमा ३ सय ७८ भारतीय र २ सय २२ विदेशी खेलाडी रहेका छन् । नेपालबाट राष्ट्रिय टोलीका कप्तान सन्दीप लामिछाने मात्र अक्सनमा समावेश छन् । उनले अक्सनमा आफ्नो न्यूनतम मूल्य ४० लाख भारतीय रुपैयाँ तोकेका छन् ।

सन्दीपसहित कुल १५ खेलाडीले अक्सनका लागि नाम दर्ता गरे पनि लामिछाने मात्र छनोटमा समावेश भएका हुन् । अक्सनमा एक टोलीले बढीमा २५ र कम्तीमा १८ खेलाडी किन्नुपर्ने हुन्छ ।

एक टोलीले ९० करोडभन्दा बढी खर्चिन पाउने छैनन् । यो सिजनमा दुई नयाँ फ्रेन्चाइज टोली गुजरात टाइटन्स र लखनऊ सुपर जायन्ट थपिएका छन् । यसअघि सन् २०१८ देखि २०२० सम्म दिल्ली क्यापिटल्समा रहँदै सन्दीपले ९ खेलमा १३ विकेट लिएका थिए ।

गएको सिजनको मिनी अक्सनमा उनलाई कुनै पनि टिमले अनुबन्ध गरेनन् । नेपाली राष्ट्रिय क्रिकेट टोलीले लामिछानेको कप्तानीमा ओमानमा चार देशीय टी–२० श्रृङ्खला खेलिरहेको छ ।

प्रकाशित : २९ माघ २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६