जनकपुरधाम २९ माघ । सर्लाहीमा शनिबार करेन्ट लागेर एक युवकको मृत्यु भएको छ भने एक जना सिकिस्त भएका छन् । मृत्यु हुनेमा बागमती नगरपालिका ८ बस्ने २५ वर्षका रामु महतो रहेको प्रहरीले जनाएको छ ।नगरपालिकाको वडा नम्बर २ बस्ने कुमार परियारको घरको छत ढलानको लागि रड सेटिङ गर्ने क्रममा घर छेउमा रहेको बिजुलीको तारमा रडले छुदा उनलाई करेन्ट लागेको हो ।करेन्ट लागेर सिकिस्त भएका उनलाई स्थानीय अस्पतालमा लगिए पनि चिकित्सकले मृत घोषणा गरेको सर्लाही प्रहरीका प्रवक्ता एवं डीएसपी माधव प्रसाद बुढाथोकीले जानकारी दिए ।करेन्ट लागेका रामुलाई बचाउने क्रममा २१ वर्षका दीपककुमार महतोलाई पनि करेन्ट लागेको र उनको उपचार भइरहेको प्रहरीले जनाएको छ ।
२९ माघ २०७८, शनिबार
प्रतिक्रिया