सोलुखुम्बु, ०१ फागुन । सोलुखुम्बुमा भिरबाट लडेर दुई जनाको ज्यान गएको छ ।
सोलुदूधकुण्ड नगरपालिका २ लबुचेका ६४ वर्षीय पासाङ लामा र सोताङ गाउँपालिका १ खोर्दाका २६ वर्षीय तेजबहादुर लामिछानेको भिरबाट लडेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
लामाको लबुचे भिरबाट लडेर ज्यान गएको हो भने लामिछानेको सोताङ गाउँपालिका १ मा रहेको हुँगा दूधकोसी सामुदायिक वनको भिरबाट लडेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक डीएसपी कवित कटुवालले जानकारी दिनुभयो ।
उहाँका अनुसार गएको बिहीवार छोराको घर जान्छु भनेर हिँडेका लामाको तीन दिनसम्म गन्तव्यमा नपुगेको खबर आफन्तले दिएपछि खोजतलास गर्दा भिरबाट लडेर ज्यान गएको भएको अवस्थामा हिजो शव भेटिएको हो ।
यस्तै लामिछानेको सामुदायिक वनमा घाँस काट्न जाने क्रममा हिजो भिरबाट लडेर ज्यान गएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया