काठमाण्डौं, ०१ फागुन ।
फागुन २ गतेका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक दुई दिन पर सरेको छ । संसद् सचिवालयले आइतबार सूचना जारी गर्दै फागुन २ गतेका लागि बोलाएको बैठक फागुन ४ गतेलाई तय भएको जनाएको छ ।
शनिबार प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको थियो । बैठकमा प्रमुख विपक्ष नेकपा एमालेका कारण प्रतिनिधिसभाको अवरोध हटाउन एकताबद्ध भएर अगाडि बढ्ने विषयमा समेत विचार विमर्श भएको थियो । छलफलका क्रममा माओवादी अध्यक्ष प्रचण्डले विपक्षी दलको मागलाई समेत दृष्टिगत गरी यही फागुन २ गतेका लागि निर्धारण गरिएको प्रतिनिधिसभा बैठक फागुन ४ का निम्ति प्रस्ताव गरेको उनका स्वकीय सचिव गङ्गा दाहालले जानकारी दिएकी थिइन् ।
प्रतिक्रिया