जीवनशैली

जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको आईपीओ बाँडफाँड



काठमाडौं १ फागुन – जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको आईपीओ बाँडफाँड भएको छ । आइतबार भएको बाँडफाँडमा ४८ हजार ७९० जनाले गोलाप्रथाबाट १० कित्ताका दरले सेयर पाएको कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडले जनाएको छ ।

माघ २१ गतेदेखि २५ गतेसम्म खुलेको आईपीओमा हालसम्मकै उच्च २७ लाख ९ हजार ८५५ वटा आवेदन परेको थियो । जसमा योग्य आवेदक २५ लाख ८७ हजार ४१२ जनालाई गोलाप्रथामा सहभागी गराएर आईपीओ बाँडफाँड गरिएको प्रभु क्यापिटलले जनाएको छ ।

लघुवित्तले ५ लाख २२ हजार कित्ता सेयर निष्काशन तथा बिक्री खुला गरेको थियो । जसमध्ये जारी पूँजीको ०.५० प्रतिशत अर्थात ८ हजार कित्ता लघुवित्तका कर्मचारीहरु, पाँच प्रतिशत अर्थात २६ हजार १०० कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको थियो भने बाँकी ४ लाख ८७ हजार ९०० कित्ता सेयर खरिदका लागि सर्वसाधारणबाट लगानीकर्ताबाट आवेदन माग गरिएको थियो ।

प्रकाशित : १ फाल्गुन २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६