जीवनशैली

देशैभरका सबै विद्यालयमा भौतिक उपस्थितीमा कक्षा संचालन



दाङ १ फागुन । देशैभरका विद्यालय आइतबार फागुन १ गतेदेखि विद्यार्थीको भौतिक उपस्थितीमा पठन-पाठन सञ्चालनमा आएको छ । कोरोना महामारी संक्रमण विपद व्यवस्थापन केन्द्र दाङको माघ २८ गते बसेको बैठकले जनस्वास्थ्य र सुरक्षाको मापदण्ड पालना गरी कक्षा सञ्चालन गर्न आदेश गरेको हो ।१२ बर्ष पूरा नभएका विद्यार्थीहरुको हकमा भने आलोपालो दिनमा कक्षा सञ्चालन गर्न समेत आदेश गरेको हो । 

दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीका अनुसार होटेल, रेष्टुरेन्ट, डान्सबारलगायत रात्रीकालीन व्यवसाय, सिनेमा हल, हेल्थ क्लब, जिमखाना, स्वीमिङ पुल तथा फुटसल पनि सञ्चालनकोे अनुमति दिएको छ ।त्यस्तै पार्टी प्यालेसहरु पनि बढिमा ५० प्रतिशत वा १०० जनामा नबढ्ने गरि सञ्चलालन गर्न, खेलकूदका कार्यक्रम सञ्चालन गर्दा एक पटकमा कुल दर्शक क्षमताको ५० प्रतिशत मात्र उपस्थित रहने गरि सञ्चालन गर्न अनुमति दिएको छ ।

प्रकाशित : १ फाल्गुन २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६