अर्थ-वाणिज्य

शिवराजका ९७ कृषकलाई विभिन्न कृषि सामग्री : कसले के पाए ?



कपिलवस्तु १ फागुन । कपिलवस्तुको शिवराज नगरपालिका वडा ३ का ९७ जना किसानलाई कृषि सामग्री वितरण गरिएको छ । आइतबार एक कार्यक्रमका विच स्प्रे ट्यांकी ६१ जनालाई, चरा मेशिन २६ जनालाई र पानी तान्ने मोटर १० जनालाई प्रदान गरिएको वडा अध्यक्ष टेकलाल सापकोटाले बताउनुभयो । ५० प्रतिशत किसानको लगानी र ५० प्रतिशत वडाको लगानीमा सामाग्रीहरु वितरण गरेको सापकोटाको भनाई छ ।सामाग्री वितरण गर्दै अध्यक्षसापकोटाले जनताहरूको माग अनुसार कृषि सामग्री वितरण गरेको बताउनुभयो । तरकारी पकेट क्षेत्रका लागि मैनार–बुलाकियामा लिफ्टिङ सिँचाई योजना सम्पन्न भएको बताउनुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख नेत्रराज अधिकारीले कृषि क्षेत्रमा किसानलाई आत्मनिर्भर बनाउन प्रत्येक वर्ष कृषि औजार वितरण गर्दै आएको बताउनुभयो ।कृषकलाई व्यवसायिक रुपले कृषि खेती गर्ने उद्देश्यले कृषि सामग्री प्रदान गरिएको बताउनुभयो ।

नगर प्रमुख अधिकारीले यी सामग्रीहरूले किसानले बढी भन्दा बढी उत्पादन गरि लाभ लिनुपर्नेमा जोड दिनुभयो । आगामी दिनमा किसानलाई उत्पादनको आधारमा अनुदान दिने उहाँको भनाई छ । नगर उप–प्रमुख शिव कुमारी थारूले किसानलाई उत्पादनमुखी बनाउने जिकिर गर्दै वडा नम्बर ३ लाई तरकारी पकेट क्षेत्र बनाउने बताउनुभयो । वडामा अधिकांश क्षेत्र कृषि खेतीका लागि उपयुुक्त रहेकाले कृषिमा लगानी गर्नुपर्नेमा जोड दिइनुभयो । यसैबीच नगरपालिका कृषि शाखा प्रमुख तारा चन्द चौधरीले आगामी दिनमा कृषिलाई आधुनिकीकरण गर्नका लागि आधुनिक प्रविधियुक्त बढी उत्पादन गर्न सकिने कृषि औजार वितरण गर्नुपर्ने आवश्यक रहेका बताए ।

प्रकाशित : १ फाल्गुन २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६