अर्थ-वाणिज्य

मृगौला पीडित प्रहरीलाई उपचार अभाव



गुल्मी २ फागुन । जिल्लाको इस्मा गाउँपालिका ४ दोहली ढाँडका २२ बर्षीय मधु खत्री दुवै मृगौला फेल भएपछि आर्थिक संकटमा पर्नुभएको छ । उहाँ ट्राफिक प्रहरीमा प्रवेश गरेको भर्खरै दुई बर्ष पुगेको छ । खत्री काठमाण्डौ स्थित वग्गीखानामा कार्यरत हुनुहुन्थ्यो । उहाँको पिसाबमा केहि समस्या आएपछि परीक्षण गर्दा दुवै मृगौला फेल भएको पत्ता लाग्यो ।खत्री बिगत पाँच महिनादेखि रोग र पीडासंग मात्रै लड्नु भएको छैन् । आर्थिक जोहो नभए कतै ज्याननै तलमाथि होला की भनेर उहाँको उपचारका लागि आर्थिक सहयोग संकलनमा भइरहेको छ । मधुका दुवै मृगौला फेल भएपछि परिवारमा पनि पीडा छ । मधुका ५८ बर्षीय बुबा प्रेम बहादुर खत्री छोरालाई मृगौला दिने योजनामा हुनुहुन्छ ।

बुबाले मृगौला दिने गरेर सवै परीक्षण गरिएको र रिर्पोट आउन बाँकी रहेको पारिवारीक स्रोतले जनाएको छ । भगवानको कृपाले बुबाकै मृगौला राख्न पाए खर्च कम हने मुधका बुवा पे्रमबहादुरले बताउनुभयो ।मुधको केहि उपचार प्रहरी अस्पतालमा भएको र अबको उपचार आफैले गर्नुपर्ने छ । अस्पतालले प्रत्यारोपण गर्ने बेलासम्म करिव १५ लाखको जोहो गर्न आग्रह गरेको खत्रीले बताएउनुभयो । उहाँको उपचार सरकारले पनि नगरिदिने र आफनो सबै सम्पती घर खेत बेचे पनि १५ लाख नपर्ने खत्रीले बताउनुभयो ।मधुले प्रहरी युनिटहरु र केहि साथीसंगीहरुले अभियान संचालन गरिरहेकाले सवैलाई सक्दो सहयोग गर्न आग्रह गर्नुभएको छ ।

अहिले मैले देखेको सपनाभन्दा बाँच्ने कुरा ठुलो रहेको मधुले बताउनभयो । सरकारले केहि गर्दैन रे इष्टमित्रहरुको आर्शिवाद र सहयोग पाए बाँच्ने भन्दै उहाँले गुन फर्काउन सकौला वा नसकौला कृपया सहयोग गर्नुहोला भन्दै सबैलाई अपिल गनूभएको छ । मधु खत्रीको राष्ट्रिय बाणिज्य बैंकको खाता नं ३१००१००००१२८८१०४ मा सहयोग गर्न सकिने छ ।

प्रकाशित : २ फाल्गुन २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६