अर्थ-वाणिज्य

एमाले महाअभियोग काउण्टरको तयारीमा :चुनाव रोक्ने षडयन्त्र शुरु भएको दावि



काठमाडौ २ फागुन । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध सत्ता गठबन्धनले महाभियोग प्रस्ताव दर्ता गरेसँगै प्रमुख प्रतिपक्ष दल नेकपा एमाले पनि ‘काउन्टर’ महाभियोगको मुडमा देखिएको छ । त्यसका लागि औपचारिक निर्णयमा पुग्न एमालेले आइतबार र सोमबार लगातार बैठक बोलाएको छ । आइतबार साँझ सचिवालय बैठक र सोमबार बिहान बस्ने संसदीय दलको बैठकमा छलफल गरेर महाअभियोगबारे निर्णयमा पुग्ने एमालेको तयारी छ ।एमालेबिना प्रधानन्यायाधीश राणमाथिको महाभियोग पारित नहुने अवस्थामा सत्ता पक्षले राजनीतिक ‘स्टन्ट’का लागि प्रस्ताव दर्ता गरेपछि एमालेलाई काउन्टर महाभियोग दर्ताका लागि बाटो खुला भएको एमालेका एक नेताले बताए ।
‘महाअभियोगको शिलशिला सत्ता पक्षले नै सुरु गरेको हो, सर्वोच्चका कतिपय कुरामा एमालेलाई पनि चित्त बुझेको छैन । यस्तो अवस्थामा एमाले पनि सोच्न बाध्य हुने नै भयो’, एमालेका एक पदाधिकारीले भने,‘राजनीति नै गर्ने हो भने एमाले पनि कम छैन ।’आइतबार प्रधानन्यायाधीश राणामाथि महाभियोग प्रस्ताव दर्ता भएपछि एमाले उपमहासचिव तथा अध्यक्ष ओली निकट रहेका नेता विष्णु रिमालले पनि एमाले ‘काउन्टर’ महाभियोगको तयारीमा रहेको संकेत गरेका छन् ।‘
अहिलेको अवस्थामा सर्वोच्च अदालतलाई फेरि विवादमा ल्याउने र हुँडल्ने काम गरिएको छ । सत्ता पक्षले महाभियोगको सिलसिलाको विजारोपण गरेर अत्यन्त हानिकारक, अनुचित, र अनुत्तरदायी काम गरेको छ । यो कार्य वैशाख ३० मा निर्धारित स्थानीय तहको चुनाव रोक्ने षडयन्त्रको एउटा अंग हुनसक्छ’ रिमालले भनेका छन् ।एमालेले सभामुख अग्नी सापकोटामाथि पनि महाअभियोग प्रस्ताव दर्ता गर्न सक्ने संभवना रहेको श्रोतको दाविछ ।

प्रकाशित : २ फाल्गुन २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६