प्रदेश

सभामुख सापकोटाद्वारा आज सर्वदलीय बैठक आह्वान



काठमाडौं, ०२ फागुन। प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले (सोमबार) सर्वदलीय बैठक बोलाउनुभएको छ ।

उहाँको सचिवालयका अनुसार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणविरुद्ध महाअभियोग दर्ता भएपछि त्यसलाई प्रक्रियामा पुर्‍याउने र जारी संसद्को अवरोधको विषयमा छलफल हुने बताइएको छ। बैठक दिउँसो २ बजे सिंहदरबारमा बस्नेछ।

सोमबार दिउँसो १ बजेका लागि बोलाइको प्रतिनिधिसभाको बैठक फागुन ४ गते सारेर सभामुखले सर्वदलीय बैठक बोलाउनुभएको हो।

प्रधानन्यायाधिश चोलेन्द्रशम्शेर राणाविरुद्ध महाअभियोग लगाएपछि विकिसित राजनीतिक घटनाक्रमबारे छलफल गर्न बैठक बोलाइएको हो ।

संसदबाट एमसीसी सम्झौता अनुमोदन गर्ने लेनदेनमा सत्ता गठबन्धनले जबराविरुद्ध महाअभियोग ल्याएको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको आरोप छ ।

प्रकाशित : २ फाल्गुन २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६